Comments Add Comment

त्रिशुली-बीको जिम्मा चिनियाँ कम्पनी सिचुवानलाई

२९ माघ, काठमाडौं । त्रिशुली-बी जलविद्युत् आयोजना निर्माणको जिम्मा चीनको सिचुवान एएनएचईले पाएको छ । सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल निर्माणको ठेक्का उक्त कम्पनीले पाएको हो ।

त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले सोमबार सिचुवान एएनएचईसँग खरिद सम्झौता गरेको हो । त्रिशुली जलविद्युत्का प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सिचुवान एएनएचईकी कार्यालय प्रमुख काओ सिङपिङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्पनीले एक अर्ब ९१ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएको छ । इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन् (ईपीसी) मोडेलमा उक्त आयोजना निर्माण हुन लागेको हो । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।

विद्युत प्राधिकरणले निर्माण गर्न लागेको त्रिशुली-थ्री ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केडका रुपमा उक्त आयोजना निर्माण गर्न लागिएको हो ।

उत्पादित विद्युत् खरिद-बिक्री सम्झौता भने प्राधिकरणसँग गत ६ भदौमा भइसकेको छ । ३७ मेगावाटको उक्त आयोजनाको प्रसारण लाइन निर्माणका लागि भने कम्पनी छनोट हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment