Comments Add Comment

तीन दललाई समानुपातिक सूची सच्याउन पत्राचार

निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन विलम्ब

१ फागुन, काठमाडौं । निर्वाचन आयोगले कांग्रेस, माओवादी र राजपालाई समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन पत्राचार गरेको छ ।

उनीहरुले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि आयोगले सच्याएर पुनः बुझाउन भन्दै सोमबार पत्राचार गरेको हो ।

सूची बुझाउन दुई दिनको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अब आयोगले भनेअनुसार फागुन २ गते साँझ ५ बजेभित्रै सूची बुझाउनुपर्ने छ । दलहरुको त्रुटीले प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन ढिलाइ भएको छ ।

कसको त्रुटी कहाँ ?

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट दुई जनाको नाम राखेर बुझाएको छ ।

कांग्रेस र राजपाको भन्दा माओवादी केन्द्रले बुझाएको सूचीमा धेरै त्रुटी देखिएको छ । पिछडिएको क्षेत्रबाट एक जनाको प्रतिनिधित्व गराउन, खसआर्यबाट ५ जनाको नाम बुझाउनुपर्नेमा ६ जनाको नाम बुझाइएकाले एकजना घटाउन र मधेसी समूदायबाट ३ जनाको नाम हुनुपर्नेमा २ जनाको मात्रै नाम रहेकाले एक जना थप्न आयोगले माओवादीलाई भनेको छ ।

यसैगरी राजपाले खसआर्यबाट दुई जना महिलाको नाम पठाउनुपर्नेमा प्राथमिकताको क्रम नमिलेकाले सच्याएर पठाउन आयोगले भनेको छ । सुरुमा सूची बुझाउँदा खर्सआर्य समूहको एक नम्बरमा नरमाया ढकालको नाम भए पनि राजपाले सोमबार बुझाएको सूचीमा ढकालको नाम हटाएर दोस्रो र तेस्रो नम्बरमा रहेका व्यक्तिहरुको नाम उल्लेख छ ।

दलहरुले सच्याएर सूची बुझाउनासाथ प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment