मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

प्रदेश-१ लाई धनी बनाउने शेरधनका ६ एजेण्डा

Suzuki
विराट अनुपम

१ फागुन, इटहरी । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग छ भने, त्यो पनि उनैसँग ।

किनकि, भोजपुरका शेरधन मुख्यमन्त्री बन्दैछन् । प्रदेश-१ मा एकल बहुमत भएको एमालेबाट संसदीय दलको नेता चयन भएका राई स्वतः मुख्यमन्त्री बन्न लागेका हुन् ।

चुनाव जितेलगत्तै राईले अनलाइनखबरसँग आफ्ना प्रादेशिक एजेन्डाका विषयमा कुराकानी गरेका छन् । पर्यटन, पूर्वाधार, ऊर्जा, कृषि, व्यापार र उत्तरी नाका सञ्चालन आफ्ना मुख्य एजेन्डा हुने उनले बताएका छन् । आफ्ना मुख्य एजेन्डा र तिनको व्याख्या राईले यसरी गरेका छन्, उनकै शब्दमाः

पहिलोः पर्यटन प्रबर्द्धन र प्रचार

मेरो पहिलो प्राथमिकता पर्यटन हुनेछ । पर्यटनमा समृद्ध भएर पनि प्रदेश-१ पछाडि परेको छ । आज सगरमाथाको प्रवेश विन्दु नाम्चे बजारको प्रतिव्यक्ति आय चार हजार अमेरिकी डलर छ । जबकि, मुलुकको प्रतिव्यक्ति आय नै हजार कटेको छैन ।

प्रदेश-१ मै पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथालगायत कञ्चनजंघा, लोत्से, मकालु आदि हिमाली क्षेत्रमा पर्यटन प्रबर्द्धन र प्रचारको अभिभारा अब हाम्रै हो ।

राजधानीबाटै मात्रै हुँदै आएको ‘माउन्टेन फ्लाइट’लाई विराटनगर वा भद्रपुरबाट पनि विस्तार गर्नुपर्नेछ । अब ट्रेकिङका लागि धरानबाट मकालु आधारशिविर, चारआलीबाट कञ्चनजंगा आधारशिविर, मिर्चैयाबाट सगरमाथा आधारशिविरसम्मको प्याकेज ल्याएर भारतीय पर्यटक तान्नुपर्छ ।

पूर्वका प्याराग्लाइडिङ र र्‍याफ्टिङ सेवामा विश्व बजारका पर्यटक तान्न सरकारी सहयोग दिइनेछ । पूर्वका धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको पनि पर्यटकीय कोणबाट विकास गरिनेछ ।

प्रदेशकै पर्यटकीय कमाई पाँच वर्षभित्रमा नाम्चे बजारको हाराहारीमा पुर्‍याउने मेरो सपना छ ।

दोस्रोः पूर्वाधार विकास

पर्यटन प्रबर्द्धनका लागि भौतिक पूर्वाधार र यातायातको पहुँच हुनैपर्छ । यसका लागि मेरो दोस्रो मुख्य प्राथमिकता सडक सञ्जाल र हवाई उडान विस्तार हुनेछ ।

प्रदेशका कुना-कुनासम्म सडक सञ्जालले जोडिनेछ । मध्यपहाडी र हुलाकी राजमार्गको निर्माण सम्पन्न गरिनेछ । प्रदेशभित्र एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने मेरो लक्ष्य छ ।

प्रदेशमै एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट र फुटबल स्टेडियम पनि निर्माण गरिनेछ । पहाडी क्षेत्र र त्यसमा पनि पर्यटकीय क्षेत्रमा सम्भव भएसम्म केबल कार सञ्चालन गरिनेछ ।

तेस्रोः ऊर्जा उत्पादन

नेपालको कुल जलविद्युत् उत्पादनको एक तिहाइ प्रदेश-१ मा पर्छ । त्यो सबै सञ्चालनका लागि पहिला आधारहरु तय गरिनेछ । नवीकरणीय ऊर्जाको पहुँच गाउँ-गाउँसम्म पुर्‍याउन अध्ययन गरिनेछ र कार्यक्रम ल्याइनेछ ।

चौथोः अर्गानिक कृषि उत्पादन

प्रदेश-१ यस्तो भूमि हो, जहाँ हिमालदेखि तराईसम्मका अन्नबाली उत्पादन हुन्छन् । यहाँका किसानलाई सहुलियतको मल, बीउ र प्रविधि हस्तान्तरण गरे अर्गानिक कृषि उत्पादन गरिनेछ ।

कृषकको उत्पादनलाई उद्योगसँग जोडिनेछ । कृषि क्षेत्र र कृषकको विकासका लागि कृषि विशेषज्ञ तथा इन्जिनियरसँग छलफल गरी विस्तृत कार्यक्रम ल्याइनेछ ।

पाँचौं: निर्यातमुखी औद्योगिक उत्पादन

प्रदेश-१ को उत्तरी सिमाना विश्वकै विशाल अर्थतन्त्र चीन तथा बाँकी सीमा एसियाको उदीयमान अर्थतन्त्र भारतसँग जोडिन्छ । यो प्रदेशको पूर्वी सीमाबाट केही घण्टामै बंगलादेश र भुटान पुग्न सकिन्छ ।

प्रदेशको यस्तो रणनीतिक महत्व बुझेर निर्यातमुखि उत्पादनमा बढावा दिइनेछ । अलैंची, कफी, चिया, रुद्राक्षजस्ता निर्यातमुलक कृषिका अतिरिक्त अन्य वस्तु तथा सेवाको विकास गरेर व्यापार प्रबर्द्धन गरिनेछ ।

उत्पादनमुलक अर्थतन्त्र विकासका लागि धरान, विराटनगर, धनकुटा र झापामा रहेका औद्यौगिक क्षेत्रमा निर्यातमुलक उत्पादन गर्न प्रोत्साहन दिइनेछ ।

छैटौं: उत्तरी नाका सञ्चालन

प्रदेश-१ का ताप्लेजुङस्थित ओलाङचुङगोला र संखुवासभास्थित किमाथांका नाकाहरु चाँडो खोल्न बजेट तथा कार्यक्रम बढाइनेछ ।

एमाले सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको पारवहन र प्रचण्ड सरकारले गरको ओबीओर (वान बेल्ट वान रोड) सम्झौताले पनि यो काममा थप नीतिगत सहयोग हुनेछ ।

उत्तरी नाका खोलेपछि यस प्रदेशको व्यापार र पारवाहन गतिविधिहरु स्वतः बढेर जानेछन् । र, जनताको जीवनस्तर माथि उठ्नेछ ।

२०७४ फागुन १ गते १०:५४ मा प्रकाशित (२०७४ फागुन २ गते ८:१३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१७ प्रतिकृयाहरू प्राप्त
  • कमल लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते ११:०७

    मुख्यमन्त्री ज्युको सपना त राम्रै देखिन्छन । तर, बोली र काम फरक कुरा हुन । यसमा हेक्का राख्नु वेस होला ।

    12
    0
    Share

  • lohorung लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते ११:०७

    यथावत एजेन्डा को धमिरा भ्रस्टचार सम्बन्धि पनि कडाइ गरौँ है CM ज्यू।

    13
    0
    Share

  • Khamma Singh Darlami लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १२:२७

    How about Corruption control in government?
    How about inefficient, poorly performing Civil Servant?
    Are you OK with these??
    Until, Unless if would not control corruption 100%, enforce law, order AND REGULATION, and increase efficiency from current 10% level to 75% YOU WILL GET ZERO, YOUR ALL of STRATEGIES WILL BE BULL-SHIT

    17
    0
    Share

  • GOVINDA GHIMIRE लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १२:४०

    ALL THE BEST … I HOPE U CAN DO IT ..

    11
    3
    Share

  • Harihar लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १२:४१

    अग्रिम शुभकामना ।
    यसै याेजना अनुसार अगाडि बढ्न सके देशकै नमुना मुख्य मन्त्रि सम्भावना प्रवल देखियाे ।
    माेदिकै शैलिबाट अगाडि बढ्नुहाेस ।

    12
    1
    Share

  • Dammar Lohorung लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १२:५५

    Easier Said than Done.

    11
    1
    Share

  • Dakswor लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १३:२२

    अवसर र चुनौती दुवै छन् . आत्मसाथ गरेर नया इतिहांशको रचना गर्नु होला, साथै बिकाश र सम्वृद्धिको चुचुरोमा प्रदेश १ लाई पुर्याउन सक्नु होस् ….शुभकामना !

    4
    0
    Share

  • Suraj Shrestha लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १३:३३

    All the best CM.yo sabai kuraharu 50% matra pani 5yrs ma bhayo bhane, tapai lai Nepal ko future PM banna kasai le rokna sakdaina.
    Jai Nepal.

    7
    1
    Share

  • इन्दिरा राई लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १३:३६

    ‘Morning shows the day’ स्पष्ट मार्गचित्र कोर्न सक्नु नै आधा नेतृत्व सफल हुनु हो । बाँकी आधा कार्यान्वयन कार्यकुशलताले प्रदर्शन गर्नेछ । एकातिर जनतामा विकासको मृगतृष्णा छ, अर्कोतिर चरम भ्रष्टतन्त्रप्रति शसंकित छन् । यो दुबै एजेण्डा सम्वोधनमा मुख्यमन्त्रीज्यूको सफलताको अग्रिम शुभकामना छ ।

    7
    0
    Share

  • जय राम राई लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १३:५२

    नेपालको विकासका लागि प्रदेशहरूको बाँडफाडपछि निक्कै सजिलो भएको सन्दर्भमा सबै प्रदेशहरूले प्रदेश १ को जस्तै योजना बन्‍नेछ भन्‍ने आशा छ।
    बधाई छ, प्रदेश १ का जनतालाई।
    र प्रदेश १ का प्रदेश प्रमुखलाई उत्तरोत्तर प्रगतिको शुभ कामना।

    7
    0
    Share

  • Taufique shekh लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते २०:४५

    I request to our CM sir kindly supervise the शहरी बिकास योजना construction bcoz we are not satisfied with quality of the work.
    र धन्यवाद हाम्रो प्रदेशको बारेमा यति काम गर्ने लक्ष राख्नु भएकोमा साथै बोलेको कुरा पुरा गर्ने नेपाल आमाको सपूत बन्नु यहि शुभकामना छ हजुलाई ।

    3
    0
    Share

  • Bal लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते २१:५६

    Corruption
    Must b control

    People’s participation

    Lead by example fist

    Than can b achieve
    Those vision

    Good luck

    0
    0
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ०:४५

    १ नम्बर र २ नम्बर प्राथमिकता पूर्वाधार बिकास ( सडक हरु स्तरिय र लामो समय टिक्ने हुनु पर्छ ) र कृषि ( अर्ग्यानिक प्रान्त बनाउने कोशिस गर्नु पर्छ – सिक्किम ले जस्तै) हुनु पर्छ!

    अरु तपाइका प्राथमिकता पनि पक्कै महत्वपुर्ण छन् ! पर्यटन संगै बिकृति भित्रिने ठुलो डर हुन्छ, त्यो मनन गर्नु पर्छ !

    तपाईं इमान्दार हुनुहुन्छ अब भ्रस्टाचार बिरुद्द लाग्नु होला – किनकि त्यो बिना दिगो बिकास सम्भव छैन ! एउटा सानो तर स्मार्ट सल्लाहकार को टोलि बनाउनु होला!

    हार्दिक शुभ कामना प्रदेस र रास्ट्र को दिगो बिकास को लागि !

    2
    0
    Share

  • Shikhar लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते १:०१

    एक चुनावी क्षेत्रको बिकास गर्न नसक्नेले सिंगो प्रदेशको बिकास सगरमाथाको चुचुरोमा पुर्याउछु भन्दा भित्र भित्रै हाँसो उठेकै हो, तर स्वच्छ छवीलाई अनी युवा जोशलाई हेर्दा आश त केही राख्नै पर्छ । तर कुरा चाँही ठीक ठिकै गरेको राम्रो भन्न् खोज्या हुँं, फेरी पुरा भएन भने गाह्रो होला भनेर नि । हार्दिक शुभकामना !!

    0
    0
    Share

  • indra लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ३:१५

    this is good step of mr. minister. but I doubt that being a nepal itself is small country and subdivided into small state is very hard to excute power. I wonder how does the state will make their home department, how will he make law minister, how does they make industry minister, how will they make education minister ……….. lot of things……..

    0
    0
    Share

  • gajendra katuwal लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ५:१४

    मंत्री ज्यू धेरै कुराका बावजूद निम्न बुदालाइ मूल रुपमा मान्न सकिन्छ

    १.पर्यटन बृहत्तर योजना तथा अधिकार सम्पन्न र स्वायत नियमनकारी निकाय
    अहिले पनि पर्यटनको सन्दर्भमा हेर्ने हो भने केंद्रीकृत रुपमा लगानी ( निजी, साझेदारी, सरकारी ) भएको पाइन्छ, पर्यटन बिकाशकोलागि अझ पनि बृहत्तर योजना नै मुख्य देखिन्छ , यसको लागि पहिलो काम खंडीकृत होइन की समग्रतामा अनुसंधान हुन जरुरी छ किनकी सबैले भइरहेको र देखिरहेको भएपनि ब्यापक अध्ययन नभएका क्षेत्रहरु धेरै छन र यसका लागि समन्वयात्मक नेतृत्व जरुरी छ यस्तो अनुसन्धानले प्रकाशमा नआएका तर अत्यन्तै मौलिक क़ुराहरुलाई अगाड़ी ल्याउनपर्दछ ! यस्तो योजनाले मुलरूपमा दीर्घकालीन र दिगो कार्यक्रमलाई बढ़ावा दिनुपर्दछ ! बृहत्तर योजना बन्दा पहिले त बर्तमान स्थानीय निकायले समेत त्यसलाई मान्यता दिने र हाम्रो भन्ने प्रकारले बन्नू पर्दछ यसकालागि अनुसंधान, क्षेत्र पहिचान, कार्यक्रमको चयन, निरंतरता र श्रोत परिचालन समेतमा वास्तबिक अर्थमा समान सहभागिता रहनु पर्दछ जसकालागि मुलत एउटा अधिकार सम्पन्न र स्वायत नियमनकारी निकायको गठन ( राज्य स्तरमा ) हुनपर्दछ जसले समन्वय तथा नियमनकारी भूमिका निर्वाह गर्न सकोस ! यसको स्वरूपको बारेमा सबै स्थानीय निकायले गम्भीरतापूर्वक सोचेर काम गर्नुपर्दछ !

    २. दक्ष जनशक्ति को तैयारी / आपूर्ति :
    दिनहुँ बढ़ी रहेको पर्यटनको मांगलाइ धान्न सकने जनशक्तिको तैयारी ( बिसेस गरी सेवाक्षेत्रमा) अर्को चुनौती हो जसकालागि स्थानीय र केंद्रीय निकायका बिच तादाम्यता गर्न पनि अधिकार सम्पन्न र स्वायत नियमनकारी निकायको उत्तिकै खाँचो छ यसकालागि निजी तथा सरकारी निकाय बिच साझेदारीमा समेत काम गर्नुपर्दछ / स्थानीय भाषा, लोक संस्कृत, जातीय संस्कार/ खाद्य परम्परा, भौगोलिक अवस्थिति, पदमार्ग जस्ता बिबिध पक्षमा जानकारी राख्ने स्थानीय सेवा प्रदायक को तैयारी एउटा पक्ष भयो भने प्रथम स्थानबाट सेवा प्रदान गर्ने सेवा प्रदायक ( Frontline service provider ) हरुको तैयारी अर्को पक्ष हो ! यसकालागि समन्वयात्मक रुपमा काम गर्दै जानु पर्ने अर्को टडकारो आवस्यकता हो !

    ३. बाह्य भन्दा आतंरिक पर्यटक केंद्रित कार्यक्रम :
    सबै कुरा आफै लिएर आउने अनि शौच मात्र गर्ने र फर्कने बाह्य पर्यटक मात्र होइन की आंतरिक पर्यटक जसले केहि रात बिताउछ , सेवा र सुबिधा किन्न चाहन्छ तिनलाई लक्षित बढ़ी योजना बनाउनुपर्ने देखिन्छ जसकालागि आतंरिक पर्यटकको चाप, मांग र पहुंचमा आधारित सेवा तथा कार्यक्रमबाट तिनलाई तान्ने तर्फ हाम्रो कोसिस जानू पर्ने हुन्छ !

    ४. प्रवासी नेपाली केंद्रित बजार प्रबर्धन:
    हामीले गरिरहेको बजार प्रवर्धनमा बिस्वभर छरिएर रहेका संघ संस्था परिचालित गर्नुपर्ने देखिन्छ, भलै आफ्नो स्तरबाट धेरथोर भैरहेको छ तर आंदोलन / कैम्पेन को रुपमा बढ़ावा दिन जरुरी छ ! यसो गरिरहदा एउटा कुरा भंनैपर्ने हुन्छ की हामीले चिनाउने भनेको बिदेशीलाई मात्र होइन की बिदेश बस्ने अरु नेपालीलाई नेपाल Holiday भन्ने उत्प्रेरणा जगाउन सके त्यसले मात्र पनि ठूलो योगदान हुन्छ किनकी बिदा मनाऊंन घर गएको एउटा नेपाली २ दिन घुम्न गयो भने आंतरिक पर्यटनको चाप र उस्ले गर्ने खर्चले ठूलै फरक पार्नसक्छ, यस्मा काम गर्नुपर्ने जरुरी छ

    ५. पर्यटन मैत्री सचेतना/ पाठ्यक्रम :
    पर्यटकलाइ फेरी फेरी आउन सकने बनाउने भनेको उपयुक्त मूल्य ( value of money ) मा सेवाको उपलब्धतता हो भने अर्को पर्यटन मैत्री ब्यवहार र भाषा हो जसकालागि अग्रस्थानका (Frontline ) सेवाप्रदायकको लागि ( टेक्सी संचालक, होटल संचालक, पर्यटन स्थल वरपरका समुदाय ) र बिद्यालयस्तरमा पर्यटन मैत्री ब्यवहार र भाषाको बारेमा उनीहरुलाई सचेतना कक्षाहरु संचालन गर्नुपर्ने देखिन्छ ! हाम्रो ब्यवहार नै हाम्रो पहिचान हो / यसरी नै स्थानीय सरकार र शिक्षा निकाय तथा पर्यटन बिदहरुको सुझावमा आधारित केहि पर्यटन सम्बद्ध पाठ्य सामाग्रीहरुको शुरुआत गर्दै ब्यवसायिक शिक्षा तर्फ पनि अब हाम्रो ध्यान जानू जरुरी छ

    ६. पर्यटन सूचना/सुरक्षा को ग्यारेन्टी :
    यथेस्ट र भरपर्दो पर्यटन सूचनाको उपलब्धता र बिस्वस्नियता अत्यन्तै ठूलो चुनौती हो यसलाई नियमनकारी निकायले गंभीरतापूर्वक लीने र ब्यवहारमा उतारने हो भने धेरैकुरा सहज हुनजान्छ, अहिलेको सूचना प्रबिधिको यस्तो बिकास भएको समयमा सूचना प्रत्येकको हात हातमा बाड़न सकिन्छ त्यसको लागि प्रबिधिलाई सकेसम्म प्रयोग गर्नुपर्दछ अर्कोतिर आउने पर्यटकलाई सुरक्षाको ग्यारेन्टी पनि गर्नुपर्दछ जून अत्यन्तै गंभीर पक्ष हो यस्ता काम गर्न तथा समन्वय स्थापित गर्दै दवाव समेत सिर्जना गर्न पनि नियमनकारी निकाय अत्यन्तै जरूरी छ /

    ७. सेवाको अनुगमन र गुणस्तरीयता :
    अर्को गंभीर पक्ष गुणस्तरीयताको आवधिक अनुगमन र लेखाजोखा जस्कालगी पनि नियमनकारी निकाय दरो हुन जरुरी छ साथै यसलागि स्थानीय निकायका सहयोग र प्रतिबद्धता बिना यो संभव छैन . यसलाई निश्चित मापदंडमा आधारित बनाई आवधिक रुपमा संपन्न गर्ने र त्यसको नतीजा समेत प्रकाशन गरी सेवाग्राहीहरुले चाहेको बेला हेर्न सकने हुनुपर्दछ जसबाट सेवाग्राहिले सेवाको छनोट तथा बिकल्प छान्न सकून, अर्कोतर्फ यो अनुगमन प्रणालीले दण्ड र पुरस्कारमा सहजता र पारदर्शिता स्थापित भई गुणस्तरीयता कायम गर्न अहम् भूमिका निर्वाह हुन सक्दछ

    ८. लगानी मैत्री वातावरण तथा पूर्वाधार:
    उपर्युक्त कुरा हुदा हुदै पनि यथेस्ट पूर्वाधार नहुँदा आशातीत प्रतिफल प्राप्त हुनसक्दैन ! केहि पूर्वाधारको शुरुआत देखिये पनि लगानी मैत्री वातावरण छैन, यसकालागि लगानी मैत्री नितिको तर्जुमा महत्वपूर्ण पक्ष हो यसबाट लगानी कर्ता र लीने बीचमा स्थानीय सरकारले बदलिदो परिवेसमा बिस्वासनीयता सिर्जना गर्न अहम भूमिका निर्वाह गर्न सक्दछ / /

    उपर्युक्त बुदाहरुलाई सरसरती पस्कने जमर्को मात्र गर्न खोजिएकोछ यदि सम्बद्ध निकायहरु बिसेषगरी नया जोस र जिम्मेवारीका साथ आउनु भएका स्थानीय तहका नेतृत्वबर्गहरु यस बिषयमा उत्साहित देखिएमा पर्यटनले छलांग मार्ला ! आउनुहोस नया शिल्पीहरु (स्थानीय सरकार) हामी आफ्नो ठाउँबाट हातमा हात दिन तैयार छौ तपाईहरु कूदने प्रतिबद्धता जाहेर गर्नुहोस अब नगरे कहिले गर्ने ?
    अस्तु !!
    गजेन कटुवाल , हाल बेलायत

    0
    0
    Share

  • Janardan Dahal लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ७:२६

    मुख्यमन्त्रीका सपना ठिक छ्न तर भ्रष्टाचार मुक्त प्रसाशन र सुशासन हुन नसके न समयमा पुर्वाधार बन्छ्न न त गुणस्तर नै कायम हुन्छ तसर्थ पहिलो सर्तहो सुशासन दोश्रो सर्तहो भ्रष्टाचार मुक्त प्रसाशन र तेस्रो सर्त हो उपयुक्त योजना छनोट ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this