आइतबार, १३ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

उत्तर कोरियाली नेता किम जोङ उनद्वारा दक्षिण कोरियाको प्रशंसा

Suzuki
अनलाइनखबर


१ फागुन, काठमाडौं । तिक्त सम्बन्धमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाको सम्बन्ध सङ्लिने संकेतहरु देखिन थालेका छन् । शीतकालीन ओलम्पिकले दुई राष्ट्र नजिकिएका बेला उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाको प्रशंसामा शब्द खर्चेका छन् ।

उनको यो भनाइ उत्तर कोरियाकी छाया राष्ट्राध्यक्ष तथा किम जोङकी बहिनी किम यो जंग फर्केपछि सार्वजनिक भएको हो ।

किम यो जंग प्योंगचांगमा भइरहेको शीतकालीन ओलम्पिक खेलको उदघाटन समारोहमा सहभागी हुन त्यहाँ गएकी हुन् ।

सोही भेटमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई वार्ताका लागि उत्तर कोरियाको राजधानी प्योङयाङमा निम्ता समेत दिएका थिए ।

उत्तर कोरियाको सरकारी एजेन्सीले जनाएअनुसार, नेता उनले दक्षिण कोरियाको साथ समझदारीको माहोल बनाउन चाहेका छन् ।

दक्षिण कोरियाले शान्ति बहालीका लागि गरेको प्रयासको किम जोङले खुलेर तारिफ गरेका छन् ।

यता, अमेरिकाले भने उत्तर कोरियासँग सम्बन्ध नबढाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भनेको छ, ‘उत्तर कोरियाले प्रमाणु कार्यक्रम जारी राखेको छ । यो तनावको अवस्थामा दक्षिण कोरियाले सावधानी अपनाउनुपर्छ ।’

२०७४ फागुन १ गते ९:०३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • devraj लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते ९:५९

    USA ले जहिले पनि फुटाउ र शासन गरको नीति अनुसार काम गर्छ । south र North कोरिया लाई त्यसरी मिल्न दिदैन ।

    10
    0
    Share

  • शैलेस गौतम लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते १६:११

    दक्षिणको पैसा र उत्तरको शक्ति मिल्यो भने अमेरिकाको दादा गिरी सकिने छ । हामी पनि यही चाहन्छौं । Go ahead south and north Korea, be unite that we wish so

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this