Comments Add Comment

सलमानको ‘किक २’मा एमी फाइनल


नायक सलमान खान चलचित्र ‘२.०’को एउटा कार्यक्रममा पुग्दा, मिडियामा खबर आएको थियो कि, उनी नायिका एमी ज्याक्सनका लागि सो कार्यक्रममा पुगेका थिए । मिडियामा एमी र सलमानको प्रेम सम्बन्ध सुरु भएको खबर समेत सार्वजनिक भएको थियो ।

तर, अब नायक सलमान खान एमीलाई आफ्नो नयाँ चलचित्रमा लिएपछि यो हल्लाले बल पाएको छ । सलमान खान अहिले चलचित्र ‘रेश ३’को छायांकनमा व्यस्त छन् । उनको सन् २०१९ मा ‘भारत र किक २’ नामका २ चलचित्र रिलिज हुँदैछन् ।

‘किक २’का लागि नायक खानले नायिका ज्याकलिन फर्नान्डेजलाई पक्का गरेका छन् । ‘किक’को सिक्वेल भएका कारण पनि यो चलचित्रमा ज्याकलिन हुनु स्वभाविक नै हो ।

तर, अब चलचित्रमा नायिका एमीको पनि इन्ट्री भएको छ । भारतीय मिडियाका अनुसार एमी चलचित्रको तयारीमा लागिसकेकी छिन् । एमीको इन्ट्री चलचित्रमा सलमानकै चाहना अनुसार भएको वुझ्न गाह्रो पर्दैन । यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment