Comments Add Comment

एभरेस्ट होटलका सञ्चालक लारी जेल चलान

१ फागुन, काठमाडौं । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए । उनका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

लारी २५ माघमा पक्राउ परेका थिए ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।

यो पनि पढ्नुस् 

मुद्दा जितेको दुई दिनपछि पक्राउ परे एभरेस्ट होटलका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment