Comments Add Comment

चिसोमा बढ्न सक्छ दम, यसरी राखौं ध्यान

काठमाडौं । आज शिवरात्रि । शिवरात्रिमा अत्यधिक मात्रामा चिसो बढ्ने गर्छ । चिसोका कारण वृद्धवृद्धा र बालबालिकालाई दम हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यसैले, दमको जोखिममा रहेका विरामीले यी १/२ दिन आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ ।

किनकि, यो समयमा चिसो अत्यधिक हुने भएकाले श्वास नलीमा संक्रमण हुने सम्भावना अधिक हुन्छ । र, श्वासप्रश्वास नलीमा संक्रमण भएमा दम हुने सम्भावना बढ्छ ।

दम भएमा सास नली सुन्निएर संकुचित हुने गर्छ, जसका कारण सास लिन कठिनाइ हुन्छ । त्यसका कराण छातीबाट घ्यारघ्यार आवाज आउने, सास फेर्न समस्या हुने र छाती दुख्नेलगायत समस्या हुने गर्छ ।

दम दुई प्रकारका हुन्छन्, बाहिरी र आन्तरिक ।

बाहिरी वातावरण, पराग, वायु प्रदुषण, जनावरको रौंलगायत कारण एलर्जी भएमा बाहिरी दम हुने गर्छ । यस्तै, चुरोटको धुवाँ, रंगको गन्धलगायत रासायनिक तत्वलाई श्वासनलीले भित्र तानेमा आन्तरिक दम हुने गर्छ ।

दम अन्य विभिन्न कारणले पनि हुने गर्छ । यसबारे जानकारी राखेको खण्डमा दमको जोखिमबाट बच्न सकिन्छ ।

दम हुने विभिन्न कारण

१. चिसो, फ्लू, ब्रोंकाइटिसलगायत ब्याक्टेरियाको संक्रमणका कारण पनि दम हुन सक्ने हुँदा बैलैमा सजग हुन आवश्यक छ ।

२. दूध, दही, बदामलगायत खाद्य पदार्थको एलर्जीका कारण पनि मानिसमा दम हुने सम्भावना बढ्ने गर्छ ।

३. धुमपानका कारण पनि कैयौं मानिसको फोक्सोमा समस्या हुने गर्छ । त्यही समस्या पछि गएर दममा परिणत हुने गर्छ ।

४. डाक्टरद्वारा प्रेस्क्राइब गरिएका तथा एस्पिरिनलगायत औषधिको सेवनका कारण पनि दम हुनसक्छ ।

५. मदिरा सेवनले दमलाई अझै जटिल बनाउँछ । खासगरी, बियरलगायत मदिराजन्य पदार्थमा सल्फाइटको मात्रा अधिक हुन्छ । शरीर सल्फेटप्रति बढी संवेदनशील भएमा दमको समस्या स्वतः बढ्ने गर्छ ।

६. अत्यधिक चिन्ता, रिस, मानसिक समस्यालगायत कारण पनि शरीरमा तनाव बढ्ने गर्छ । त्यसले मुटुको गतिमा परिवर्तन ल्याउनुका साथै श्वासप्रश्वास प्रणालीलाई असर पार्ने गर्छ ।

त्यति मात्र होइन, यसले श्वास नलीमा रुकावट पैदा गर्छ । र, मानिसलाई दम हुने गर्छ  ।

७. अधिक व्यायाम वा व्यायामको कमीका कारण पनि दम हुन सक्छ ।

८. चिसोका कारण पनि छाती र श्वासप्रस्वास नलीमा संक्रमण भई दम हुने सम्भावना अधिक हुने गर्छ ।

९. यदि परिवारमा कसैलाई दमको समस्या छ भने उनीहरुबाट जन्मिने सन्तानलाई पनि दम हुने सम्भावना धेरै हुन्छ ।

१०. पछिल्लो समयमा काठमाडौंमा बढेको वायु प्रदुषणका कारण पनि दमका रोगीको संख्या बढ्दो छ । यसबाट बच्नका लागि बाहिर धुलोधुवाँमा हिँड्दा अनिवार्य मास्क प्रयोग गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment