Comments Add Comment

प्रदेश १ मा भोलि मुख्यमन्त्री चयन हुने

सानो आकारको मन्त्रिपरिषद विस्तार हुने


१ फागुन, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका शेरधन राई बुधबार नियुक्त हुँदैछन् । मुख्यमन्त्रीको नियुक्तिसँगै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारीसमेत छ ।

नेकपा एमाले र नेकपा माओवादीले प्रदेश १ मा एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित सोमबार प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।

मंगलबार सार्वजनिक बिदा हेकाले बुधबार प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्दैछन् ।

एमाले संसदीय दलको नेतासमेत रहेका राईले भने ‘मुख्य मन्त्रीमा नियुक्ति र सपथ लिएसँगै सानो आकारको मन्त्रिपरिषद विस्तार हुनेछ’ । मन्त्रिपरिषदमा वाम गठब्ान्धनको तर्फबाट मन्त्रीहरु सहभागी हुनेछन् ।

एमाले र माओवादी केन्द्र प्रदेश १ मा ७० र ३० को प्रतिशतका आधारमा मन्त्रीहरु सरकारमा सहभागी गराउनेछन् ।

एमालेका प्रदेश सांसदहरू जीवन घिमिरे, हिक्मत कार्की, जगदीश कुसियत र सर्वध्वज सावा मन्त्री बन्ने पक्काजस्तै भएको एमाले स्रोतले जनाएको छ । माओवादीको भागमा बढीमा दुई मन्त्रालय पर्ने एमाले स्रोतको भनाइ छ ।

माओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्व गर्ने सांसद इन्ऽ आङ्बोले गर्ने पार्टीले निर्णय गरिसकेको छ ।

मन्त्रालयमा सकस

वाम गठबन्धनभित्र मन्त्रालय बाँडफाँटमा सकस परेको छ । म्ााओवादी केन्द्र र एमालेले एउटै मन्त्रालयमा आँखा लगाएपछि सहमति जुटाउन समस्या भएको हो ।

प्रदेश १ मा मुख्यमन्त्री र सभामुख एमालेको भएपछि बाँकी मन्त्रालयमा आफूहरूले रोजेर पाउनुपर्ने माओवादी केन्द्रले माग छ ।

एमालेले पनि राम्रा मन्त्रालय आफ्नै भागमा लिन खोजेको छ ।

माओवादी केन्द्रले संसदीय दलको नेतामा टंक आङबुहाङले एमालेबाट मुख्यमन्त्री र सभामुख उसको भागमा परेकाले आफूहरुले मन्त्रालय रोजेर लिन पाउनुपर्ने बताए ।

उनले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरे ।

उपसभामुख महिला हुने

प्रदेश १ को उपसभामुखमा माओवादी केन्ऽमा सरस्वती पोखरेल, उमिता बराइली र सीता थेबे आकांक्षी देखिएका छन् ।

उनीहरुबीचबाटै उपसभामुख चयनको लागि छलफल अघि बढाइएको माओवादी संसदीय दलका नेता टंक आङबुहाङले बताए । फागुन ३ गते हुनेन प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment