शनिबार, १२ फागुन, २०७४
OnlineKhabar.com

विप्लवलाई प्रचण्डको अपील : रहरले क्रान्ति हुँदैन, दिवास्वप्नबाट ब्यूँझनुस्

अनलाइनखबर

फाइल फोटो

१ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताए ।

सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको महत्वपूर्ण भूमिका थियो र छ’ भन्ने स्वीकार गरेको सुनाउँदै उनले भने, ‘आजकै दिन पार्टी एकता टुंग्याउन सकियो भने राम्रो हुन्छ । हाम्रो प्रयास छ आज नै टुंगोमा पुगोस् ।’

प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे ।

विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’

‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।

२०७४ फागुन १ गते १९:१६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • nagen लेख्नुहुन्छ    |   २०७४ फागुन १ गते १३:३८

    ALi Ali pani laj lagdaina afulai ajhai pani communist hu vannu. party ko name communist rakhdaima communist hunna hola solti.

    7
    12
    Share

  • Thaindra Angbuhang Milan लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते १४:४७

    नेपाल, विश्वको इतिहासमा जतिसुकै बहादुर कहलिएता पनि विकास र शिक्षामा ज्यादै कमजोर लगभग बेलायत संग दाँज्ने हो भने ४०० वर्ष पछाडि परेको हुँदा नेपालमा दिगो र विकाससिल शासन व्यवस्थाको आवश्यकता छ । कर्मचारीमा घुस खोरीको नियन्त्रण आवश्यक छ । नेतृत्व वर्गमा शैक्षिक नेताको आवश्यकता छ । नेपाल गरिब छैन तर जबरजस्त गरिब बनाईएको छ । नेपाली नेतृत्व र कर्मचारीहरुले मेरो भन्ने शब्दलाई हाम्रो भन्ने र म भन्ने शब्दलाई हामी भन्ने शब्दमा परिणत गरेको खण्डमा नेपाल आपैंm अगाडि बढ्ने छ । विकसित हुनेछ । कम्युनिष्ट एकताले देशमा दिगो सरकारको दृष्य झल्काउन खोजेको छ तर प्रतिक्रियावादी दक्षिण पन्थिहरुको चंगुलबाट उम्कन नेपाली नेताहरुले बाटो खोज्नै पर्छ । भारतिय विदेश मन्त्रीको नेपाल भ्रमणले नेपाली नेताहरुको मुखमा के लगाई दियो थाहा भएन तर राष्ट्रियता माथी आँच पुग्ने प्रस्ताव विरुद्ध कसैले केही नबोलेको देख्दा अचम्म लागेको छ । क्रान्तिको कुरालाई अगाडि बढाउँछु भन्ने विप्लब पनि चुप लागेको देख्दा झन अचम्म लागेको छ । अबको नेपाल भत्काउने होइन बनाउने तर्पm नलागे हामी कहिले विकसित हुने ?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this