Comments Add Comment

एक्सनविनाको छविको ‘मंगलम’, भन्छन्–‘फिल्म उत्कृष्ट बनेको छ’


निर्माता छविराज ओझाले निर्माण गर्ने चलचित्रमा गीतसंगीत र एक्सन महत्वपूर्ण पाटो मानिन्छ । उनले, निर्माण गरेका अघिल्ला चलचित्रमा पनि एक्सन महत्वपूर्ण पाटोको रुपमा समावेश गरिएको थियो । छविका धेरै चलचित्र रेखा थापादेखि शिल्पा पोख्रेलसम्मका एक्सनका कारण पनि चलेका छन् ।

तर, फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मंगलम’मा भने एउटा पनि एक्सनको दृश्य नभएको निर्माता ओझाले बताएका छन् । उनले भने–‘यसपटक मैले चलचित्रमा एउटा पनि एक्सन दृश्य राखेको छैनँ । तर, चलचित्र उत्कृष्ट बनेको छ । हेरेपछि सबैले प्रशंसा गर्नेछन् ।’

यो चलचित्रमा नायिका शिल्पा पोखरेलको मुख्य भूमिका छ । साथमा, नायकद्धय पुष्पल खड्का र पृथ्वीराज प्रसाइ चलचित्रमा मुख्य भूमिकामा छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यो चलचित्रमा विशेष भूमिकामा देखिदैछिन् । चलचित्रलाई लिएर कलाकारहरु पनि उत्साहित देखिएका छन् । नवल नेपालले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment