Comments Add Comment

दुर्घटनामा पर्यो विल्सनले हाँकेको गाडी


हाँस्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ले हाँकेको गाडी दुर्घटनाग्रस्त भएको छ । भाग्यबस दुर्घटनामा विल्सनसहित गाडीमा रहेका ५ जना सकुसल छन् । मोरङको मधुमल्लामा आयोजित एउटा महोत्सवमा सहभागी भएर झापाको विर्तामोडस्थित आफ्नो घरमा फर्किने क्रममा सुरुङ्गामा गाडी दुर्घटना भएको हो ।

अगाडिबाट आएको कुकुरलाई छल्न खोज्दा गाडी रोडबाट गुल्टिएर तल खसेको विल्सनले अनलाइनखबरलाई बताए ।

‘भाग्यबस हामी कसैलाई सामान्य चोट पनि लागेन,’ उनले भने । दुर्घटनामा परेर गाडी क्षतिग्रस्त भएपछि अर्को गाडी मगाएर विल्सन घर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment