Comments Add Comment

रुपन्देहीको कोटिहवामा एनआईसी एशियाको नयाँ शाखा

१ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकको रुपन्देही स्थित कोटिहवा शाखाको माघ २९ गते नेपाल राष्ट्र बैंकको भैरहवाका निर्देशक अशोक कुमार पौडेलले विधिवत् उद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । कोटिहवा शाखाको उद््घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १ सय ७३ शाखा कार्यालयहरु, १ सय ७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टर सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment