बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

छात्रा र शिक्षिका बिरामी भएपछि जाजरकोटको विद्यालयमा पढाइ बन्द

Suzuki
अनलाइनखबर

१ फागुन, जाजरकोट । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ ।

त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताए ।

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । कक्षा ५ देखि माथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको छ ।

विद्यालयमा बिहान केही नहुने, जब अपराह्न १ बज्न सुरु हुन्छ अनि छात्राहरु कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ । विद्यालयमा यस्तो समस्या आउँदा धामी र डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या हल नभएपछि गाउँले तनावमा रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिए ।

छात्रासँगै शिक्षिकाहरु पनि भकाभक बिरामी भएर ढल्न थालेका छन् । बिरामी छात्रालाई विद्यालय नआउन सल्लाह दिइए पनि जबर्जस्ती आउने गरेको शिक्षकले बताएका छन् ।

२०७४ फागुन १ गते १७:०१ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this