Comments Add Comment

टोखामा महिलाको सिक्री र मोबाइल लुटियो

फाइल फोटो

१ फागुन, काठमाडौं । काठमाडौंको गंगबुबाट बुद्धटोल जाँदै गरेकी एक महिलाको सुनको सिक्री लुटिएको छ ।

टोखा नगरपालिका–९, बुद्धटोलमा बा २ ज ३०६० नम्बर ट्याक्सीमा पुगेकी कास्की गण्डकी नगरपालिका–४ की सपना भुजेलको १ तोलाको सुनको सिक्री चोरी भएको हो ।

प्रहरीका अनुसार स्थानीय पुजा भुजेलको सामसुङ कम्पनीको फोन समेत लुटिएको छ । नम्बर नखुलेको ट्याक्सीमा आएका ३÷४ जना अपरिचित व्यक्तिले लुटपाट गरी फरार भएको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment