Comments Add Comment

नामिबिया दोस्रो स्थानमा उक्लियो, नेपाललाई क्यानडामाथि जित्नैपर्ने दबाब


१ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले केन्यामाथि ८ विकेटको जित हात पारेको छ । यससँगै नेट रनरेटमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

केन्यालाई ११० रनमा समेटेको नामिबियाले मात्र १६ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

अब भोलि अन्तिम दिन हुने खेलले विश्वकप छनोटमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।

नेपाललाई जित्ने पर्ने दबाब

नेपालले समूह चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानमा रहेको क्यानडाको सामना गर्नेछ । विश्वकप छनोट खेल्न नेपाललाई यो खेल जिर्नै पर्ने दबाव छ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।

अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६/६ अंक छ भने यूएईको चार अंक छ ।

भोलि नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने साझैं फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।

यदि नेपाल क्यानडासँग हार्‍यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६-६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएई मध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउन क्यानाडालाई नहराई सुख्खै छैन ।

केन्या रेलिगेसनमा

नामिबियाको हारसँगै केन्या रेलिगेसनमा परेका छन् । केन्याले चार वटै खेल गुमाएको छ भने ओमानले एक खेल जितेको छ ।

अब समूह चरणको अन्तिम खेलमा भोलि केन्या र ओमान नै एक आपसमा भिड्दैछन् । रेलिगेसनमा पर्ने अर्को टोली यो खेलले टुंगो लाग्नेछ । केन्या जित्यो भने दुबै टोली डिभिजन थ्रीमा घटुवा हुनेछन् ।

तर, नामिबियाले यूएईलाई हरायो र केन्यालाई जित्न सक्यो भने ओमानले यूएई र ओमान दुबैको ४ अंक हुनेछ र नेट रन रेटका आधारमा रेलिगेसनमा पर्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment