Comments Add Comment

पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा खरेल तेस्रो पटक निर्वाचित

१ फागुन, बुटवल । पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा दधिराम खरेल तेस्रो पटक निर्वाचित भएका छन् ।

खरेलले १ हजार ५ सय ५५ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी पूर्वअध्यक्ष समेत रहेका दामोदर ज्ञवालीले ६ सय २६ मत ल्याए ।

यो पटक वाम गठबन्धन र कांग्रेस निकटका व्यवसायी छुटाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, उपाध्यक्षहरुमा गोपाल पौडेल र जीवनकुमार बन्जाडे तथा महासचिवमा पदमराज गाहा निर्वाचित भए ।

सचिवमा रामचन्द्र भुसाल, सहसचिवहरुमा चेतनारायण बेल्बासे र सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मोहन पिएस निर्वाचित भए ।

निर्वाचन आयुक्त कृष्णप्रसाद न्यौपानेका अनुसार २ हजार ३ सय ८५ मतदाता रहेकोमा २ हजार २ सय ८ मत खसेको थियो । सदस्यहरुमा १५ रुटबाट २२ सदस्य निर्वाचित भएका छन् ।

अध्यक्ष निर्वाचित भएपछि खरेलले संघलाई अझै बलियो र सबैको साझा बनाउने प्रतिबद्धता जनाए । बुटवलमा फागुन २८ र २९ गते भएको ११ औं अधिवेशनले नेतृत्व चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment