Comments Add Comment

गोर्खा बियरको क्याम्पियनले ‘एमओएम’मा पायो स्थान

१ फागुन, काठमाडौं । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई स्थान दिएको छ ।

गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुकसो अनलाइन प्ल्याटर्फम (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट) मा स्थान दिएको हो ।

गोर्खाको नयाँ क्याम्पियनको सिरिजमा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ र यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ । आफ्नो सोसल मिडियाको प्ल्याटर्फममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम) लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एम.ओ.एम परिचित छ ।

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको छ र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम.ओ.एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, ‘यो क्याम्पियन साँच्चै नै अद्वितीय छ’ ।

Disrespect, disloyalty, discourteous जस्ता शब्दहरु भनेको गोर्खा सैनिकहरुलाई परिभाषित गर्ने भन्दा विपरित शब्दहरु हुन् र तिनै शब्दहरुलाई निकै साधारण एनिमेशनद्वारा ब्राण्ड (बोटलको छाँया) ले उपसर्ग हटाएर हामीलाई एउटा असली गोर्खा सैनिकमा respect, loyalty र courteousness हुन्छ भन्ने कुरा याद गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment