आइतबार, १३ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

डिभिजन टुमा नेपाल र क्यानडा भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव

Suzuki
अनलाइनखबर

२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानडाबीच आज प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई जित्नैपर्ने दबाव छ ।

खेल नेपाली समयअनुसार सवा १ बजे हुनेछ ।

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग अप्रत्यासित हार व्यहोर्न पुग्यो । तेस्रो खेलमा यूएईलाई हराएपछि विश्पकप छनोटको सम्भावना कायमै छ तर, क्यानडालाई हराउनु अनिवार्य भएको छ ।

अहिले अंंक तालिकाको शीर्ष तीन टिमको समान ६-६ अंक छ भने यूएईको चार अंक छ । आज नेपालले क्यानडासँग खेल्दा घरेलु टोलीले नामिबियाले यूएईको सामना गर्नेछ । यदि नेपालले जित्यो भने सोझै फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ ।

हारले भने लगभग बाहिरिनेछ । एउटा अवस्थामा मात्र नेट रनरेट हेर्नु पर्ने हुन्छ ।

यदि नेपाल क्यानडासँग हार्‍यो र यूएईले नामिबियाले हरायो भने तीन टोलीको समान ६-६ अंक हुनेछ र नेट रन रेटका आधारमा नेपाल, नामिबिया र यूएईमध्ये एक टिमले फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

तर, तीन वटै खेलमा झिनो अन्तरले जितेको नेपालको रनरेट सबैभन्दा कम छ । यस्तो अवस्थामा नेपाललाई नेट रनरेटले साथ नदिनसक्छ । त्यसैले ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई नहराई सुख्खै छैन ।

२०७४ फागुन २ गते ८:१३ मा प्रकाशित (२०७४ फागुन ४ गते ८:४१मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Rakesh Rai लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते ८:५४

    Among two matches, both team won each match however, viewing last match summary, Karan can be the hero of today’s match again.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this