Comments Add Comment

एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै

फाइल तस्वीर

२ फागुन, काठमाडौं । पार्टी एकतालाई अन्तिम रुप दिन आज एमाले–माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिको बैठक बोलाएका छन् ।

पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिनदेखि छलफलमा जुटेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक विषय टुंग्याएका थिए ।

दुई अध्यक्षबीच बनेको यही समझदारीलाई औपचारिकता दिन बुधबार संयोजन समितिको बैठक बोलाइएको जानकारी नेताहरुले दिएका छन् ।

बैठक ललितपुरको मानभवनमा बस्दैछ । समयबारे भने केही बताइएको छैन ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए । त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए । सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment