Comments Add Comment

प्लास्टिक गोदाममा आगलागी हुँदा २ करोड क्षति

२ फागुन, रुपन्देही । बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको छ ।

आगलागीका कारण गोदाममा भण्डार गरिएको प्लास्टिकका सामान जलेर नस्ट भएका छन् । आगलागीबाट २ करोड बराबरको क्षति भएको सन्चालक जीवन गौतमले बताए ।

आगो नियन्त्रणमा लिनका लागि चार वटा दमकल प्रयोग गरिएको थियो । बुटवलको दमकलको पानी सकिएपछि अन्यत्रका दमकलको सहायता लिनुपरेको थियो ।

आगो निभाउन भैरहवा सिद्धार्थनगर, परासी, रामग्राम र कपिलवस्तुको वाणगंगाबाट आएका दमकल झिकाइएको थियो ।

प्रहरी, स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment