Comments Add Comment

विकाससँगै मासिन थाले पुराना चौतारी


२ फागुन, पाल्पा । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिनेक्रम बढ्दो छ ।

गाउँमा विकास निर्माणका काम हुँदै जाँदा पुराना चौतारी मासिन थालेका हुन् । गर्मीको समयमा शीतलता प्रदान गर्न, बाटो हिँड्ने बटुवालाई आराम गर्नका लागि गाउँघरमा लगाइएका वरपिपलसहितका चौतारीहरु अहिले विकास निर्माणका नाममा धमाधम मासिँदैछन् । पुराना पुस्ताले भने चौतारी जोगाउनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेका छन् ।

रामपुर नगरपालिका क्षेत्रमा रहेका पुराना चौतारी सडक निर्माण तथा विस्तार गर्नेक्रममा स्थानीयद्वारा नै मासिन थालेका हुन् ।

रामपुर नगरपालिकाले गाउँका ग्रामीण सडकलाई प्राथमिकता दिएर काम गर्न थालेपछि चौतारी मासिँदै गएको हो ।

वरपिपलसहितको चौतारीमा स्थानीयले पूजाआजा गरेर यसको पौराणिक महत्वलाई ध्यानमा राखी संरक्षण तथा जगेर्ना गरेका चौतारी अहिले मासिन थालेपछि चिन्ता लागेको रामपुरका बृद्ध नेत्रप्रसाद तिवारी बताउँछन् ।

गाउँको विकास भएन भने जनता सधैँ अन्धकारमा बस्न बाध्य हुनेछन्, त्यसैले गाउँको विकास र परिवर्तनका लागि पुराना चौतारी मासेर सडक विस्तार गर्ने काम अगाडि बढाएको बहखोला सुन्दरटोल बसपार्क बाटो निर्माण समितिका सचिव सागर रेग्मी बताउँछन् ।

सडक विस्तार नहुँदा दुर्घटनाको जोखिम पनि बढेपछि रामपुरका विभिन्न ग्रामीण सडक मर्मत तथा विस्तारका क्रममा चौतारी हटाउन थालिएको रेग्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment