Comments Add Comment

यी हुन् उत्तर कोरियाली शासक किम जोङ उनको ‘सेक्रेट’ हतियार

२ फागुन, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनलाई दुनियाको ध्यान आफूतिर खिच्नका लागि मिसाइल चलाउन जरुरी छैन ।

उनीसँग केही यस्ता तागतदार हतियार छन् । यो हतियार कुनै मेसिन हैन उनकी महिला दुत हुन् । उनको बहिनीको चर्चा अहिले यति धेरै हुन थालेको छ कि जति चर्चा मिसाइलको पनि भएको छैन ।

उनकी बहिनी किम यो जोंग हालै दक्षिण कोरियाको दर्शकको ध्यान खिच्न सफल भइन् ।

जब उनी आफ्नो दाइको सन्देश लिएर दक्षिण कोरियाको राष्ट्रपति भवनमा पुगिन् टेलिभिजनका क्यामेरा उनको अगाडि घुमेको घुम्यै भए ।

अमेरिकामा प्रतिवन्धित हुनुको बाबजुद पनि टेलिभिजन च्यानलहरुले किम यो जोंगको चम्किलो कपडा, उनको कपाल, ब्यक्तित्वलगायतको चर्चा गरिरहे ।

जब किम यो जोंग दक्षिण कोरियाको पेइचिङमा भइरहेको विन्टर ओलम्पिकमा पुगिन्, दर्शकका गर्धन र मोबाइल उनैतिर फर्किए ।

‘एउटा रहस्यमय देशको एक मानवीय चेहरा प्रस्तुत भएपछि मैले पनि स्टेडियमको भिडमा उभिएर हेरें,’ एक युवाले बीबीसीलाई प्रतिक्रिया दिँदै भने, ‘यी महिला चमत्कार एवं आश्चर्यचकित बनाउने ब्यक्ति हुन् यसअघि मैले कहिल्यै उनलाई देखेको थिइनँ ।’

उनी आफ्नो दाइको छबी बदल्ने चम्काउने प्रयासमा छिन् । उनले मिडियामा दिएको सन्देशले देशको छबी पनि बदलिएको छ ।

समाचार एजेन्सी एसोसिएटेड प्रेेसका प्योगयाङ ब्युरो चिफ जीन ली भन्छन्, ‘दक्षिण कोरियाका सर्वसाधारणका लागि यो एउटा असामान्य घटना हो ।’

जीन लीका अनुसार किमले सुन्दरी महिलालाई दक्षिण कोरिया पठाएर यो पनि सन्देश दिएका छन्, ‘उत्तर कोरीयाली खराब छैनन् ।’

यसरी छबी बदल्ने काम केही दिन पहिले सुरु भएको थियो । उत्तर कोरियाली महिलाहरु ब्याण्ड बजाउँदै दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए ।

जब उत्तर कोरियाकी ‘आर्मी अफ ब्युटी’ दक्षिण कोरिया पुगिन् तब सुन्दरतालाई नियाल्ने चाहना भएका दक्षिण कोरियाका मानिसहरुको ध्यान आफिूतिर खिच्न सफल भइन् ।

पेइचिङमा भएको आइस हकी म्याचमा दुबै देशको सांस्कृतिक अन्तर देखिएको थियो । जहाँ दक्षिण कोरियाका चियरलिडरले छोटो स्कर्ट एवं बुटमा सेक्सी डान्स प्रस्तुत गरेका थिए । उत्तर कोरियाको देशभक्ति धुन गुञ्जिएको थियो ।

सन २००३ को घटना सम्झदै एक दक्षिण कोरियाली भन्छन् ‘जब चियरलीडर दक्षिण कोरिया पुगे, ठूलो वर्षा भयो । एक चियरलीडरको हातमा किम जोंगको झण्डा थियो त्यो पनि भिजेको थियो ।’

सबै चियर लिडर बसमा चढे । उनीहरुको उद्देश्य थियो झण्डा बचाउनु । दक्षिण कोरियालीलाई यही घटना अचम्म लाग्यो ।

उत्तर कोरिया मामलाका जानकार इयान ब्रेमरले ट्वीटरमा लेखेका छन् ‘उत्तर कोरियाका चियरलीडरले गज्जब प्रदर्शन गरे ।’

उत्तर कोरियाको चियर लिडर समूहका पूर्वसदस्य हेन सो हेले भनेकी छन्, ‘कोरिया समाजवादी आत्मनिर्भर देश हो भन्ने कुरा देखिने हिसाबले प्रदर्शन होस् भन्ने किमको चाहना थियो । यो विश्वास थियो कि हामी दुश्मनको दिलमा उत्रिन जाँदै छौं र हामीलाई यो देखाउनु छ कि हामी स्वाभिमानी छौं ।’

हेन सो हेलाई उत्तर कोरिया छोड्नुपर्‍यो जब उनको भाइलाई देशनिकाला गरियो ।  यदि उनी त्यहाँ रहेको भए उनी र उनको परिवारलाई जेल बस्नुपर्थ्यो । हेन सो हे त्यसयता दक्षिण होरियामा स्वतन्त्रपूर्वक बसीरहेकी छन् ।

उत्तर कोरियामा तालिम लिँदाखेरिका दिन सम्झिँदै उनी भन्छिन्, ‘हामीलाई भनिन्थ्यो कि तिमीहरु आफ्नो देश र आफ्नो नेता जनरल किमको सम्मान बढाउन जाँदै छौं ।’

उनी भन्छिन्, ‘मेरी साथीले पनि भनेकी थिई कि, मेरो देशलाई नभुलियोस् भनेर सुटकेसमा आफ्नो देशको माटो र किम जोंग उनको बुवाको सानो फोटो पनि लिएर आएकी छु ।’

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment