Comments Add Comment

प्रदेश १ः मुख्यमन्त्रीको सपथ आज, लगत्तै मन्त्रिपरिषद् विस्तार

माओवादी ठूलो मन्त्रीमण्डलको पक्षमा, आन्तरिक मामिला मन्त्री को ?


२ फागुन, इटहरी । प्रदेश १ को मुख्यमन्त्रीमा अाज शेरधन राई नियुक्त हुँदैछन् । लगत्तै उनले शपथग्रहण गर्ने र सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

९३ जना प्रदेश संसाद रहेको प्रदेश १ मा एमालेको एकल बहुमत भएकाले एमालेबाट मुख्यमन्त्रीसहित ४ र माओवादीबाट २ जना मन्त्री हुने स्रोतले बताएको छ ।

एमाले स्रोतका अनुसार, शेरधन राईले सुनसरीका जगदीश कुसियेत, झापाका हिक्मत कार्की र मोरङका ज्ञानेश्वर राजवंशीलाई प्रदेश मन्त्रीमा आजै नियुक्ति गर्ने तयारी गरेका छन् ।

माओवादीबाट टंक आङ्बो प्रदेश मन्त्री हुने पक्का भए पनि उनले लिने मन्त्रालय र आङ्बोसँगै मन्त्रालयमा जाने अर्को मन्त्रीको टुंगो लागेको छैन ।

माओवादीले शक्तिशाली आन्तरिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय मागेपछि पदीय भागबन्डामा ढिलाइ भएको बताइएको छ ।

माओवादी ठूलो र एमाले सानो मन्त्रीमण्डलको पक्षमा

एमाले स्रोतका अनुसार एमालेले प्रदेश १ मा ७ सदस्यीय भन्दा ठूलो आकारको मन्त्रिपरिषद् नबनाउन सिफारिस गरे पनि माओवादीले भने १३ सदस्य सम्मको बनाउन प्रस्ताव गरेको छ । १३ सदस्यीय मन्त्रीमण्डल बनाउँदा सबैलाई समेट्ने सकिने माओवादी तर्क छ ।
कुन–कुन मन्त्रालय हुन्छन् प्रदेश १ मा ?

प्रदेश १ मा मुख्यमन्त्रीसहित विभिन्न सातवटा मन्त्रालयहरु हुने बताइएको छ । जसमा निम्न मन्त्रालयहरु हुन्छन्ः

१.अर्थ मन्त्रालय
२.आन्तरिक मामिला तथा कानून मन्त्रालय
३.पूर्वाधार विकास मन्त्रालय
४. उद्योग मन्त्रालय
५. स्वास्थ्य, कृषि, भूमि व्यवस्थापन, सहकारी तथा पशुसेवा मन्त्रालय
६. शिक्षा तथा सामाजिक विकास मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment