Comments Add Comment

आयो स्मार्ट चश्मा, जसले अपराधी पत्ता लगाउनेछ


अपराधीलाई पहिचान गर्नसक्ने चश्मा पुलिसलाई दिएमा के होला ? अवश्य पनि अभियुक्तहरु भटाभट पक्राउ पर्ने थिए र अपराधका घटनामा कमी आउने थियो ।

चीनमा पुलिसहरुले अपराधी पहिचान गर्नसक्ने स्मार्ट चश्मा लगाउन सुरु गरेका छन् ।

हाइटेक फेस रिकग्निसन प्रविधियुक्त खुफिया क्यामरा भएको चश्मा पुलिसलाई दिन सुरु गरिएको छ ।

यो चश्माको सहायताले प्रहरीलाई कसूरदार पहिचान गर्न तथा पक्रिन सघाउ पुग्नेछ ।

चीनमा अपराध अनुसन्धानमा संलग्न प्रहरीहरुलाई यस्तो चश्मा वितरण सुरु गरिएको र हालसम्म सोही चश्माको सहायताले प्रहरीले कम्तिमा ७ जना अपराधी पक्रिन सफल भएको बताइएको छ ।

झियांगसू प्रान्तको सेन्ट्रल रेल स्टेसनमा केही प्रहरीहरु यो हाइटेक चश्मा लगाएर गस्तीमा खटिने गरेका छन् ।

स्मरणरहोस्, चीन अहिले विश्वमा अनुहार पहिचान गर्नसक्ने फेसियल रिकग्निसन प्रविधिको विकासमा एक नम्बरमा रहेको छ ।

यो चश्मामा रहेको फेसियल रिकग्निसन प्रविधिले मानिसको अनुहार स्क्यान गर्दछ । यसलाई वायरलेस चिपको सहायताले चाइना पुलिसको केन्द्रीय कम्प्युटर डाटाबेससँग जोडिएको छ । जसका कारण यो चश्मा लगाएको पुलिसको आँखामा पर्ने व्यक्तिको अनुहार पुलिसको रेकर्डमा रहेका हरेक अपराधीको अनुहारसँग रुजू गर्दछ । यदि कुनै अपराधीसँग मेल खाएमा त्यसको तत्कालै सम्ब्न्धित पुलिसले जानकारी प्राप्त गर्दछ र तत्कालै उक्त व्यक्तिलाई पक्राउ गर्न सक्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment