सोमबार, १४ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

अल्पविराम छुटाउँदा ५० करोड जरिवाना

Suzuki
अनलाइनखबर

एउटा कमा अर्थात् अल्पविराम लेख्न भुल्दा कति महंगो सावित हुन्छ भन्ने कुराको प्रमाण हालै अमेरिकामा फेला परेको छ ।

अमेरिकाको एक डेरी उद्योगले कमा लेख्न छुटाउँदा ५० लाख डलर जरिवाना तिर्नुपरेको छ ।

ओकहस्र्ट डेरीमा काम गर्ने गाडी चालक मजदूरहरुले कम्पनीविरुद्ध सन् २०१४ मा मुद्दा दायर गरी अतिरिक्त समयमा काम गरेबापतको १ करोड डलर माग गरेका थिए ।

अमेरिकाको पोर्टल्याण्डमा रहेको यो डेरीले कामदारसँगको सम्झौतामा दुई शव्दबीचमा अल्पविराम छुट्दा क्षतिपूर्ति बापत ठूलो रकम भुक्तान गर्नुपरेको हो ।

अदालतको आदेशपछि अदालतले मजदुरको अतिरिक्त समय भत्ताको कानून अनुसार ती मजदूरको मुद्दा संघीय पुनरावेदन अदालतले दर्ता गर्यो ।

ड्राइभरसँगको करार सम्झौतापत्रमा लेखिएको कार्यविवरणमा तोकिएका विभिन्न कार्यहरुका शव्दमध्ये दुईवटाको बीचमा कमा लेख्नुपर्नेमा अथवा लेखिएको थियो । जसका कारण खास कार्यविवरण दुवै हुन् कि दुईवटा मध्ये एउटा काम गरे पुग्ने हो भन्ने कुरामा द्विविधा उत्पन्न भयो । करार सम्झौताको सोही विरोधाभाषका कारण फैसला मजदूरहरुको पक्षमा गएको अमेरिकाको संघीय पुनरावेदन अदालतले जनाएको छ ।

स्मरणरहोस्, उक्त डेरी कम्पनीका चालकहरुले चार वर्षअघि नै क्षतिपूर्तिको माग गरी मुद्दा हालेका थिए ।

एजेन्सी

२०७४ फागुन २ गते १०:४५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • samjhana लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते १७:११

    curious to know what was the clause

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this