Comments Add Comment

महिलाको आँखाबाट झिकियो १४ किरा, रोग विज्ञानमा नयाँ आविष्कार

झिँगाले ब्याक्टेरिया तथा भाइरसलगायतका जिवाणुहरु सार्ने तथ्य त विदितै छ । तर झिँगाले घातक परजीवीहरु पनि मानिसमा सार्ने तथ्य वैज्ञानिकहरुले पहिलोपटक पत्ता लगाएका छन् ।

अमेरिकाको ओरेगनमा एक २६ वर्षीया महिलाको आँखाबाट १४ वटा किरा निकालेसँगै शोधकर्ताहले यस्तो निष्कर्ष निकालेका हुन् ।

एब्बी बेक्ली नामक महिलाको आँखाबाट नयाँ खालका किरा वैज्ञानिकहरुले निकालेका थिए । थेलाजिया गुलोसा प्रजातिका उक्त परजिवी किराहरु यसअघि अमेरिका तथा क्यानडामा गाइवस्तुमा देखिने गरेको थियो । एब्बी नै यस्तो किरा आँखामा फेला पारिएकी पहिलो मानव हुन् ।

जनावरको आँखा वरीपरी झुम्मिएर आँखाबाट निस्कने आँशु खाने फेस फ्लाइज नामक झिँगाले उक्त परजिवी सार्ने गर्दछ । सोही झिँगाले गाइवस्तुबाट उक्त परजिवी मानिसको आँखामा पनि सारेको पहिलोपटक फेला परेको हो ।

आँखा चिलाएपछि डाक्टरकोमा पुगेकी एब्बीको आँखाबाट डाक्टरहरुले झिँगाले सार्ने परजिवी निकाल्न सफल भएका हुन् ।

यस्तै खालका किराहरु बिरालो तथा कुकुरका आँखामा पाइने गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment