Comments Add Comment

सुरु भयो पूजा र आकाशको ‘रामकहानी’को छायांकन


४५ दिनको सेड्यूल बनाएर चलचित्र ‘रामकहानी’को छायांकन सुरु गरिएको छ । पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट शिवरात्रीको दिनदेखि चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले पहिलो दिनको टेक दिएका छन् ।

चलचित्रको छायांकन धमाधम भैरहेको नायिका पूजा शर्माले जानकारी गराइन् । विन्दवासिनी मन्दिरमा चलचित्रको सफलताको कामना गर्दै पूजा पनि गरियो । चलचित्रको छायांकन कास्कीकोटमा करिब २ साता गरिने निर्माता तथा निर्देशक सुदर्शन थापाले जानकारी दिए । बाँकी छायांकन काठमाण्डौमा गरिने उनको भनाई छ । भदौ २२ गते तीजको अवसर पारेर चलचित्र रिलिज गरिनेछ ।

सुदर्शन र पूजाको संयुक्त लगानीमा सुरु निर्माण भैरहेको चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन छ ।

लभ स्टोरी चलचित्र निर्माणमा सफल मानिएका सुदर्शन यसपटक प्रेम र कमेडीलाई मिलाएर चलचित्र बनाउन कस्सिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment