Comments Add Comment

सुरु भयो बक्स अफिसको ‘डाटा हब’


चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निकिता पौडेलको नियुक्ती भएसँगै नेपाली चलचित्र क्षेत्रले केहि सुखद खबरहरु प्राप्त गर्न थालेको छ । लामो समयदेखि चर्चामा रहेको तर लागू नभएको बक्स अफिस नेपालमा औपचारिक रुपमा सुरु गरिएको छ । मंगलबार काठमाण्डौको थापाथलीस्थित शिखर कम्प्लेक्समा रहेको सुबिसी विल्डिङमा बक्स अफिसको ‘डाटा हब’ संचालनमा आएको हो । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिसको उद्घाटन गरेका छन् ।

उनले, अब कसैले पनि कर छल्न नसक्ने बताए । फागूण १ गतेबाट देशभरका हलमा बक्स अफिस लागू गर्ने गरि काम सुरु भएको बोर्ड अध्यक्ष निकिता पौडेलले बताइन् ।

निकिताले पत्रकारसँग भनिन्-‘हामीले फागूण ७ गतेसम्ममा काठमाण्डौ उपत्यकाभित्र ई-टिकेटिङ जडान भएका मल्टिप्लेक्स हल र सर्भरविच लिंक गर्ने ‘एपीआइ’ उपलब्ध गराउने गरि पत्रचार गर्नेछौ ।’

यस्तै, ई-टिकेटिङ जडान नभएका हलहरुमा जडानका लागि पनि पत्रचार गरिने बोर्डले जनाएको छ । पौडेलले नेपालमा अब बक्स अफिस लागू हुन्छ या हुँदैन भन्ने दोधारमा नरहन सबैसँग अपिल गरेकी छिन् ।

चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले हल संचालकहरुका कारण नेपालमा बक्स अफिस लागू हुन नसकेको भन्ने चर्चा गलत भएको भन्दै पहिले ल्याइएको डाटा प्रणाली आफूहरुको विरुद्धमा आएकाले नमानिएको बताए ।

साउन १ गतेबाट काठमाण्डौ उपत्यका भित्रका सम्पूर्ण हलहरुमा ई-टिकेटिङ लागू गरि केन्दि्रय सर्भरमा जोडिसक्ने बोर्डको भनाई छ । काठमाण्डौ बाहिरका हलहरुमा भने माघ १ गतेसम्म ई-टिकेटिङ सिस्टम लागू गरेर केन्द्रिय सर्भरमा जोडिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment