Comments Add Comment

अष्ट्रेलियामा नेपालीहरूको ‘एक्सपर्ट होली मेला’

१४ फेब्रुअरी, अष्ट्रेलिया । अष्ट्रेलियमा रहेका नेपालीहरूले यहाँका बिभिन्न ठाउँमा होली पर्व मनाउने भएका छन् ।

होली पर्वलार्इ निरन्तरता दिन यहाँका नेपालीहरूले ‘एक्सपर्ट होली मेला-२०१८’ अयोजना गर्ने भएका हुन् ।

होलीको पहिलो कार्यक्रम यही फेब्रुअरी २५ मा रकडेलको वाइसेन्टिनियल पार्कमा विहान १२ बजे देखि साँझ १० बजेसम्म सिड्नीमा आयोजना हुनेछ ।

सिड्नीका अलवा ब्रिस्वेनमा फेव्रुअरी २४, एडिलेडमा मार्च १, क्यानवेरामा मार्च ३ र मेलबर्नमा मार्च ४ मा सो एक्सर्पट होली मेला संचालन हुने अयोजकले जानकारी दिएको छ ।

नेप्लिज स्कुवाड इन्टरटेन्मेन्टको आयोजना र काठमाडैं टुर्स अनि एस पिपलको सहकार्यमा संचालन हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रमका मुख्य आकर्षण मध्येमा गायक दिपक वज्राचार्य, गायिका इन्दिरा जोशी, गायक गिरिश खतिवडा र कार्टुन क्रुजका सदस्यहरुले आफ्ना आकर्षक प्रस्तुतिहरु पस्कने छन् ।

केहप् लामो समयदेखि सिड्नीमै रहदै आएका चर्चित ऱ्यापर डीए सिक्स्टी नाइन अर्थात सुदिन पोखरेल पनि निकै लामो समय पछि स्टेज उत्रदैछन् ।

सम्भवत, करिब १५ वर्ष पछि कुनै बेला एउटै व्याण्डमा सहकार्य गरेका गिरिश खतिवडा र सुदिन पोखरेल एकै पटक स्टेजमा देखा पर्दैछन् । कार्यक्रममा स्थानीय कलाकारहरुका प्रस्तुतिहरु पनि समेटिने जानकारी गराउन चाहन्छौ ।

कार्यक्रममा स्वादिस्ट नेपाली खानाहरुको स्टल र मुख्य आकर्षणको रुपमा भने नेपालीहरुको पहिलो हार्डली डेभिडसन समूह गोर्खाज हार्डली ग्रूप रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment