Comments Add Comment

बच्चालाई आमाको दूधका साथै दिनुपर्छ यस्ता सप्लिमेन्ट

बच्चालाई कसरी स्वस्थ्य र तन्दुरुस्त राख्ने ? हरेक आमा यस्तै सोच्छिन् । बच्चाको शारीरिक र मानसिक विकास समूचित रुपमा होस् भन्ने चाहन्छन् । त्यसैले हर-किसिमले बच्चाको स्यहार सुसारमा खटिन्छिन् ।

बच्चालाई हुर्काउने क्रममा स्तनपानबाहेक के-कस्तो पोषक तत्व दिने भन्ने उनीहरुलाई चिन्ता हुन्छ ।

हरेक आमाहरु चाहन्छन् कि आफ्नो बच्चाको विकास सही रुपमा होस । त्यसका लागि पोषक तत्वको आवश्यकता पर्छ । केही महिनासम्म बच्चालाई आमाको दूध पर्याप्त हुन्छ, तर त्यसपछि पोषकतत्व खुवाउनैपर्छ । अन्यथा उनीहरुलाई पोषण पुग्दैन । यहाँ हामी कुन उमेरमा कस्तो सप्लिमेन्ट बच्चालाई दिनुपर्छ भन्ने उल्लेख गर्दैछौं ।

आइरन

आइरन शरीरमा रक्तप्रवाहका लागि तथा दिमागका लागि आवश्यक तत्व हो । यदि आमालाई एनीमिया छैन भने आमाका दूधमा आइरनको मात्रा भरपूर हुन्छ ।

तर, जब बच्चा अलिकति ठूलो हुन्छ र खाना खान थाल्छ वा उठ्न, हिँड्न थाल्छ, उसलाई आइरनको बढि मात्रा आवश्यक पर्छ । यतिबेला आमाको दूध वा फर्मुला मिल्क अपर्याप्त हुन्छ । त्यसैले यस्ता बच्चालाई हरियो सागपात र गाईको दूध ख्वाउनुपर्छ ।

समयभन्दा चाँडो जन्मेका अधिकांस बच्चाहरुमा आइरनको कमी हुन्छ । त्यसैले उनीहरुलाई आइरन सप्लिमेन्ट दिनुपर्छ । कुनै कुनै बच्चालाई दुई-तीन वर्षसम्म आइरन सप्लिमेन्ट दिइरहनुपर्ने हुन सक्छ ।

भिटामिन डी

हड्डीको विकास र रिकेट्स जस्ता रोगहरुबाट बचावटका लागि भिटामिन डी अति आवश्यक छ । आमाको दूधमा भिटामिन डी हुन्छ तर बच्चा जन्माएपछि अधिकांस महिलाहरुमा भिटामिन डीको कमि हुन्छ । त्यसैले बच्चाहरुलाई सप्लिमेन्टको रुपमा भिटामिन डी दिनुपर्छ ।

भिटामिन डीको सबैभन्दा राम्रो स्रोत सुर्यको किरण हो । तर,  महिनाभन्दा मुनिको शिशुका लागि यो किरण हानिकारक हुनसक्छ । त्यसैले तरल भिटामिन डीलाई ड्रपरको सहयोगले शिशुलाई पिलाइन्छ । भिटामिन डीको आवश्यकता बच्चालाई जन्मेदेखि २ वर्षसम्म हुन्छ ।

अन्य भिटामिन्स

जन्मपछि बच्चाको सम्पूर्ण विकासका लागि धेरै प्रकारका भिटामिनहरुको आवश्यकता हुन्छ । यसमा भिटामिन ए, भिटामिन डी, भिटामिन के, भिटामिन ई र भिटामिन बी १२ प्रमुख छन् ।

जन्मेलगत्तै बच्चालाई भिटामिन के को डोज दिइन्छ ताकि उनीहरुको दिमागको नशालाई ब्लीडिङबाट बचाउन सकियोस । जबकि एक वर्षको बच्चालाई भिटामिन ए, भिटामिन डी र भिटामिन ईको आवश्यकता पर्छ ।

भिटामिन बी १२ को मात्रा सबैभन्दा बढि अन्डा, मासु, दुधजन्य पदार्थ आदिमा पाइन्छ । गर्भावस्थाबाट नै यी चिजहरु सेवन गर्नुपर्छ ताकि बच्चालाई भिटामिन बी १२ को कमि नहोस र स्तनपानसँगै बच्चालाई यी भिटामिन प्राप्त होस ।

बच्चालाई यदि यो भिटामिनको कमि भयो भने यसलाई सप्लिमेन्टको रुपमा दिइन्छ । भिटामिन बी १२ को कमिको सम्भावना ती आमाहरु तथा बच्चाहरुमा उच्च हुन्छ जो शाकाहारी छन् ।

डीएचए

डीएचए दिमागी विकास तथा आँखाका लागि अति आवश्यक छ । डीएचए ओमेगा ३ फ्याटी एसिडकै एक रुप हो । आमाको दूधमा यसको मात्रा हुन्छ । डीएचएको मात्रा मासु, माछा, तथा हरियो सागका अलावा केरामा पनि निकै पाइन्छ । त्यसैले बच्चारुलाई यी चिजहरु भरपुर सेवन गराउनुपर्छ ।

फ्लोराइड

फ्लोराइडको आवश्यकता हरेक बच्चाहरुलाई हुँदैन । त्यसैले यसको आवश्यकताको सम्वन्धमा तपाईंले आफ्नो डाक्टरसँग परामर्श गर्नु राम्रो हुन्छ । दाँतको विकास तथा गिजाको मजबुतिका लागि फ्लोराइडले महत्वपूर्ण भूमिका निभाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment