Comments Add Comment

‘लिलिबिली’को गीत रिलिज, जसितालाई इन्जिन गाडीमा घुमाउने प्रदिपको चाहना


चलचित्र ‘लिलिबिली’मा समावेश गरिएको दोश्रो गीत रिलिज गरिएको छ । चलचित्रको शिर्ष गीत प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । चलचित्रको ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । एस डी योगीको स्वर तथा संगीत रहेको यो गीतमा ‘एकतारे’को शब्द छ ।

गीतमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतलाई स्कटल्याण्डमा खिचिएको हो । सुदिप बरालले यो भिडियो खिचेका हुन् ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको मुख्य भूमिका छ । चन्द्र पन्तको एक्सन, अर्जुन जीसी सम्पादन छ । चलचित्रलाई चैत्र ३० गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।

यसैविच, चलचित्रको यो गीतको कभर भिडियो प्रतियोगीता आयोजना गरिएको छ । उत्कृष्ट भिडियो बनाउनेलाई १ लाख नगद पुरस्कार दिने बताइएको छ । युटुबमा सर्वाधिक भ्यूज पाउनेलाई पुरस्कार दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment