Comments Add Comment

पार्टी एकताबारे निर्णय गर्न ओलीले बोलाए एमालेको आकस्मिक बैठक

२ फागुन, काठमाडौं । माओवादीसँग पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि स्थायी कमिटीमा छलफल गर्न नेताहरुलाई बोलाइएको हो । बैठक मानभवनमा जारी छ ।

मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच वान टु वान छलफल भइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।

ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ ।

एमालेको बैठकअघि ओली र प्रचण्डबीच सोही घरमा बैठक भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment