Comments Add Comment

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए अर्को विकेट

२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको तेस्रो विकेट लिएको छ ।

नामिबियामा भइरहेको खेलमा तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले १७ औं ओभरको अन्तिम बलमा क्यानडाका धानुका पथिरानालाई आउट गरेका हुन् ।

सन्दीपले बुधबारकै खेलमा लिएको यो दोस्रो विकेट हो । नेपालको लागि पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment