Comments Add Comment

नगरपालिकाको कार्यालय सार्न खोज्दा बृन्दावनमा झडप, दर्जन बढी घाइते

सुरक्षाकर्मीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

२ फागुन, रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालयमा स्थानीयवासीले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ राण्ड अश्रुग्यास प्रहार गरेको छ ।

नगरपालिकाको कार्यालय ५ किलोमिटर टाढा हर्षाहा चोकमा सार्ने विषयमा विवाद हुँदा बुधबार विहानैबाट स्थानीयवासीले नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् ।

अश्रुग्यास प्रहार गर्दा समेत स्थानीयवासीले ढुंगामुढा गर्न नछाडेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ ।

स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्लाका अन्य युनिटहरुबाट प्रहरी र सशस्त्र प्रहरीलाई त्यहाँ पठाइएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

स्थानीयवासीहरु विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर कार्यालयमा ढुंगामुढा गर्न नछोडेपछि अश्रुग्यास प्रहार गरेको एसपी पोखरेलले बताए ।

स्थानीयवासीले नगरपालिकाको कार्यालयको कम्पाउण्डका ढोका फुटालेर कम्पाउण्ड भित्र प्रवेश गरिसकेका छन् ।

नेपाल सरकारको नीतिअनुसार नगरअधिवेशन पछिको पहिलो बैठकबाट मेयर सहितका पदाधिकारीहरुले विश्राम्पुरबाट नजिकै रहेको गौर चन्द्रनिगाहपुर सड्कखण्डमा पर्ने हर्षाहा चोकमा नगरपालिकाको कार्यालय सार्ने निर्णय गर्न लाग्दा स्थानीयवासी आक्रोशित भएका हुन् ।

झडपमा परी स्थानीय र सुरक्षाकर्मीहरु तर्फ एक दर्जन भन्दा बढी घाइते भएको भनिएपनि संख्या एकिन भएको छैन । अश्रुग्यासले एक जना बालक गम्भीर भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment