सोमबार, ७ फागुन, २०७४
OnlineKhabar.com

माओवादी समानुपातिक सूचीबाट हितराज आउट, चूडामणि खड्का इन

अनलाइनखबर

२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट निर्वाचित हुने सांसदको नामावली सच्याएको छ ।

माओवादीले निर्वाचित हुने पुरुषको कोटामा हितराज पाण्डेको नाम हटाएर चूडामणि खड्काको नाम राखेर निर्वाचन आयोगमा पठाएको छ ।

यसअघि माघ २९ गते माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचीमा खस आर्य पुरुष क्लस्टरमा १ नम्बरमा रहेका हितराज पाण्डेको नाम समावेश थियो ।

तर आयोगले अपांग क्लस्टरबाट कोही नपरेको भन्दै सूची सच्याउन माओवादीलाई आग्रह गरेको थियो । त्यसपछि माओवादीले पाण्डेको नाम काटेर खड्काको नाम पठाएको हो । खड्काको द्वन्द्वकालमा खुट्टामा चोट लागेको थियो ।

‘निर्वाचन आयोगले घाइते, अपाङ्ग नभएको भनेर फिर्ता पठाएपछि मेरो नाम समावेश गरेको जानकारी पाएको छु’ खड्काले अनलाइनखबरसँग भने ।

पाण्डे र खड्का दुबै गोरखाका हुन् । २०७० सालमा गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित पाण्डे यसवर्ष गोरखा २ मा नै पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी कमाण्डर बनेका थिए ।

गत वर्षसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका खड्का हाल माओवादीको गोरखा जिल्ला इन्चार्ज छन् ।

२०७४ फागुन २ गते १६:४७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Ek Chhetri लेख्नुहुन्छ    |   २०७४ फागुन २ गते २३:१६

    अपांग भन्ने पनि मागी खाने भाडो रहेछ जिल्ला इन्चार्ज र प्रचण्डको स्वकीय सचिव भै काम गर्ने कसरि अपांग भयो।

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this