Comments Add Comment

क्यानडाविरुद्ध नेपालको कमजोर प्रदर्शन, शरद पनि १ रनमै आउट

२ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा क्यानडाविरुद्ध १९५ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ ।

नेपालले २२ ओभरसम्ममा ४ विकेट गुमाएर जम्मा ७३ रन जोडेको छ । छैठौं ओभरभित्रै कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले २१ औं ओभरमा दीलिप नाथ र २२ औं ओभरमा शरद भेषावकरलाई गुमाएको हो ।

आजको खेलमा राम्रो प्रदर्शन गरेका दीलिपले ४१ रन जोडेर आउट भए भने ज्ञानेन्द्र मल्ल शरद भेषावकर १ र पारस खड्का शून्य रनमा आउट भए । नेपालले खेल जित्नका लागि अब २६.३ ओभरमा १२० रन जोड्नुपर्नेछ । अब नेपालसँग ६ विकेटमात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment