Comments Add Comment

सनसनीपूर्ण जितपछि पारसले भने– मसँग कुनै शब्द छैन

फाइल फोटो

३ फागुन, काठमाडौं । जब नेपालले नवौं विकेट गुमायो, क्यानडाले सोचेको थियो, अब विश्वकप छनोटको टिकट पक्का भयो ।

धेरै नेपाली समर्थकलाई पनि अब त नेपालले हार्ने भयो भन्ने लागेको थियो । किनकी बनाउने पर्ने रन ५१ थियो र भरपर्दा ब्याट्सम्यानहरु आउट भइसकेका थिए । तर, करण केसीले सन्दिप लामिछानेसँग मिलेर जे गरे, त्यो अविश्वसनीय रह्यो ।

उनले धर्यतापूर्वक तर आक्रामक पारी खेलेपछि नेपाल सनसनीपूर्ण जितका साथ विश्वकप छनौटमा पुगेको छ

खेल सकिएलगत्तै नेपाली टोलीका सदस्यहरु अविश्वसनीय जितको खुसीमा रमाइरहेका थिए भने क्यानडाका खेलाडीहरुमाथि असैह्य पीडा । उनीहरु मैदानमै भावविह्वल भए ।

जितपछि नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका छन्, ‘मसँग कुनै शब्द नै छैन, अन्तिम विकेटले ५० रन बनायो, आज क्रिकेटको विजय भएको छ ।’

‘मैले क्यानडाको पीडा महसुस गर्न सक्छु । यस्तो खेलमा हारको सम्भावना १० लाख खेलमा एक खेलमा हुन्छ,’ उनले भने, ‘आजै सबै चिज हाम्रो पक्षमा काम गयो । हामीले धेरै वर्ष मिहिनेत गरेका थियौं र आज हामीले त्यसको परिणाम पाएका छौं ।’

पारस भन्छन्, ‘नेपाली फ्यानहरू नै हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणाका स्रोत हुन् र हामी सदा कृतज्ञ रहिआएका छौं । हामी राम्रो खेल्न चाहन्छौं र नेपाली क्रिकेटलाई अझै माथि लग्न चाहान्छौं ।’

क्रिकइन्फोसँगको कुराकानीमा पारसले भने, ‘९-१० वर्षअगाडि हामीले डिभिजन ५ खेल्न थाल्यौं । यसबीचमा धेरै उतारचढावहरु भोग्यौं । हाम्रो टिमको कडा परिश्रम, अनुशासन, इमान्दारिताले गर्दा हामी यो स्थानमा आयौं । कोचहरुको भूमिकालाई पनि बिर्सिन मिल्दैन ।’

‘घरभित्र क्रिकेटको कमजोर संरचना, क्रिकेट संघको निलम्बनजस्ता कुराहरु ठिक भइरहेका छैनन् । तर, हामीले आफूलाई प्रमाणित गर्न सफल भयौ । योभन्दा बढि खुशी र गर्व गर्ने ठाउँ छैन । नौ विकेट ढलिसकेको अवस्थामा जितको अपेक्षा बाँकी थिएन । तर, क्रिकेटमा चमत्कार हुँदो रहेछ । करण र सन्दिपको जति प्रशंसा गरे पनि कम हुन्छ ।’

अन्तिम ओभरमा छक्का हान्छु भन्ने थियो: करण

नेपालको जितका नायक करणका अनुसार विपक्षी बलरहरुले योर्कर फालिरहेका थिए, जसमा ब्याटिङ गर्न गाह्रो हुन्छ ।

तर, अन्तिम ओभरसम्म खेल पुग्यो भने सकिन्छ जिताउन सकिन्छ भन्ने लागेको भन्दै करणले भने, ‘मलाई आफूमाथि विश्वास थियो र अन्तिम ओभरमा छक्का हान्छु भन्ने लागेको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment