Comments Add Comment

लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त

माओवादीले मन्त्री पठाएन

३ फागुन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरेकी हुन् ।

पण्डित वातावरण मन्त्री भएका छन् थापा महिला तथा बालबालिका मन्त्री भएकी छिन् । मन्त्रीद्वयले बिहीबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

माओवादीले मन्त्री पठाएन

माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएकोहो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment