Comments Add Comment

नोकिया ८ मा एन्ड्रोइड ओरियो अपडेट

नोकियाको फ्लागशिप स्मार्टफोन नोकिया एटमा एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टमको अपडेट प्राप्त हुन थालेको छ ।

कम्पनीका चिफ प्रडक्ट अफिसर जूहो सर्विकासले टि्वटरमार्फत यस जानकारीको पुष्टि गरेका हुन् ।

उनले आफ्नो टि्वटमा लेखेका छन्, ‘हामीले नोकिया एटमा एन्ड्रोइड ओरियो ८.१ जारी गर्दैछौँ । अब नोकिया ८ चलाउँदा उत्कृष्ट एन्ड्रोइडको मज्जा लिनुहोस् ।’

एचएमडीको यो फ्लागसीप डिभाइस गुगल बाहेकको पहिलो डिभाइस हो जसमा एन्ड्रोइड ८.१ ओरियो अपडेट उपलब्ध हुँदैछ । नोकिया ८ स्मार्टफोनमा गत डिसेम्बरमा एन्ड्रोइड ८ ओरिया अपडेट प्राप्त भएको थियो र अब ८.१ प्राप्त हुनेछ । यसै वर्ष कम्पनीले स्मार्टKmोनका लागि एक बिटा टेस्ट प्रोग्राम पनि रिलिज गरेको थियो ।

नोकियामा उपलब्ध हुन थालेको एन्ड्रोइड ८.१ ओरियोको अपडेटको साइज १.६ जिबी रहेको प्रयोगकर्ताहरुले जानकारी दिएका छन् ।

स्मरण रहोस् गतवर्ष सेप्टेम्बरमा नोकिया ८ लञ्च भएको थियो । एचएमडी ग्लोबलको यो अहिलेसम्मकै महंगो स्मार्टफोन हो । सुरुमा यस स्मार्टफोनमा एन्ड्रोइड ७.१.१ नगट अपरेटिङ सिस्टम उपलब्ध थियो ।

नोकिया ८ मा क्वालकोमको फ्लागसीप् प्रोसेसर स्न्यापड्रागन ८३५ रहेको छ । डुअल सिम सपोर्ट वाला यो फोनमा ५.३ इन्चको डिस्प्ले छ जसलाई २.५ डी कव्र्ड कर्निङ गोरिल्ला ग्लासले सुरक्षित गरिएको छ ।

फोनमा ४ जिबी र्याम तथा ६४ जिबीको स्टोरेज छ, जसलाई माइक्रोएसडीको सहायताले २५६ जिबीसम्म बढाउन सकिन्छ ।

यसमा इमेज सेन्सरको साथमा १३ मेगापिक्सेलको डुअल रियार क्यामरा सेटअप रहेको छ । सेल्फी र भिडियो च्याटका लागि १३ मेगापिक्सेलकै प|mन्ट क्यामरा रहेको छ ।

यो स्मार्टफोन धूलोका कण प्रतिरोधी भएको दाबी कम्पनीको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment