Comments Add Comment

लगनगाँठो कस्दै एमाले अखिलकी अध्यक्ष नविना लामा

४ फागुन, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले छिटै बैवाहिक जीवन सुरु गर्ने भएकी छिन् ।

अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रविण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धलाई नविनाले बैशाख पहिलो साता विवाहमा परिणत गर्न लागेको कान्तिपुर पब्लिकेसन्सद्वारा प्रकाशित ‘साप्ताहिक’ले छापेको छ ।

उनीहरुको फागुन दोस्रो सातामै विवाह गर्ने तयारी भए पनि नविनाका हजुरबुवाको निधन भएपछि बैशाखमा सारिएको हो । ४९ दिनसम्म नविनाको परिवारमा शुभकार्य गर्न नहुने भएपछि विवाह सारिएको हो ।

अफेयर्स कसरी सुरु भयो ? दुवै जना भन्छन्, ‘आधुनिक शैलीमा आई लभ यु नभनिकनै हामीबीच माया बस्यो ।’

६० को दशकमा सुरु भएको उनीहरुको यो प्रेम सम्बन्ध अहिले १४ वर्षको उकालो हिँडिरहेको छ ।

प्रेम सम्बन्ध परिपक्व भएपछि ०६७ सालतिर यो जोडीले विवाह गर्ने निश्चय गरेको थियो । तर, विवाहका लागि नविनाको सर्त थियो- उनी अनेरास्ववियुको अध्यक्ष भएपछि मात्र बिहे गर्नुपर्ने ।’ त्यसमा प्रविण राजी भए । नविना अनेरास्ववियुकी अध्यक्ष पनि भइन् र अब उनीहरु लगनगाँठो कस्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment