Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’मा छल्कियो केकी र विनोदको प्रेम


नायिका केकी अधिकारी वैशाख १४ गतेबाट रिलिज हुने चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई लिएर उत्साहित छिन् । यो चलचित्र लोकलयको गीत रिलिज भैसकेको छ । निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । ‘अब मनसँग मन’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।

यो रोमान्टिक नम्बरमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र विनोद न्यौपानेलाई फिचरिङ गरिएको छ । चलचित्रमा भने प्रियंका कार्की, ऋचा शर्मा लगायतका कलाकार पनि छन् । चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् । कमेडी कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment