Comments Add Comment

पोखराको न्यूरोडमा अत्याधुनिक रेस्टुराँ खुल्यो

पोखरा, ४ फागुन । पोखराको मुटु मानिने न्यूरोडमा अत्याधुनिक र सुविधासम्पन्न रेस्टुराँ सञ्चालनमा आएको छ । न्यूरोड भाटभटेनीको अगाडि सिटी स्क्वायर बैंकेट एण्ड रेस्टुराँ प्रालि सञ्चालनमा आएको हो ।

७ करोड रुपैयाँको लगानीमा ५ रोपनी जग्गामा उक्त बैंकेट सञ्चालन गरिएको हो । ३ जना सञ्चालक र २ जना प्रवर्द्धकले उक्त बैंकेट सञ्चालन गरेका हुन् ।


केही दिन अघिदेखि आंशिक सञ्चालनमा आएको उक्त रेस्टुराँ आज (शुक्रवार) देखि पूर्ण रुपमा सञ्चालनमा आउने प्रालिका अध्यक्ष प्रमेश पराजुलीले जानकारी दिए ।

बैंकेटमा साना तथा मझौलादेखि ठूला पार्टी तथा सेमिनारसम्म आयोजना गर्न सकिने पराजुलीले बताए । तिनमा जन्मोत्सव, ब्रतबन्ध, विवाह उत्सवदेखि पार्टीसमेत आयोजना गर्न मिल्नेछ ।

बैंकेटमा १५ जना अट्ने क्षमताको बैठक कोठादेखि ६०, दुई सय ५० र ४ सय जना अटाउने क्षमताको सेमिनार हल रहेका छन् । बैंकेटभित्र सञ्चालित सेमिनार र बैठक कोठा अत्याधुनिक रहेको दावी प्रालिको छ । ति सेमिनार र बैठक कोठा एयर कन्डिसनयुक्त र साउन्डप्रुफ रहेका छन् ।

रेस्टुराँमा बार, कफी सप तथा जुस कर्नरसमेत सञ्चालन गरिएको छ ।


प्रालिका अध्यक्ष पराजुलीले पोखरा चार नम्बर प्रदेशको राजधानी र अन्तर्राष्ट्रिय शहर पनि भएकाले त्यसको आवश्यकतालाई परिपूर्ति गर्न रेस्टुराँ सञ्चालनमा ल्याइएको बताए ।

कम्पनीमा हाल ५० जना कर्मचारी कार्यरत् रहेका बैंकेटका प्रबन्ध निर्देशक आदर्शमान श्रेष्ठले बताए । दक्ष तथा अनुभवी कामदारबाट उत्कृष्ट सेवा प्रदान गरिने दावी उनले गरे ।

बैंकेट परिसरमै प्रशस्त पार्किङस्थल भएकाले पार्किङमा कुनै समस्या नआउने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment