Comments Add Comment

प्रदेश ४ को पहिलो निर्णय : २ वर्षमा सबै गाउँमा विजुली र खानेपानी

५ फागुन, पोखरा । प्रदेश ४ को मन्त्रपरिषदको पहिलो बैठकले उज्यालो प्रदेश कार्यक्रम घोषणा गरी दुई वर्षभित्र सबै गाउँमा विजुली पुर्‍याउने निर्णय गरेको छ ।

शुक्रबार बसेको पहिलो बैठकले २ वर्षभित्र सबै गाउँमा पिउने पानी पुर्‍याउने र ५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने स्तरी सडक निर्माण गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

त्यस्तै ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने, ५ वर्षभित्र प्रदेशमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए ।

जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक गाउँहरु निर्माण गर्ने, सरकारको कार्यसम्पादनलाई छिटो छरितो र जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासन प्रणाली सुरु गर्ने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

शुक्ररबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा एमाले सा‌ंसद  रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment