Comments Add Comment

दमबाट छुटकारा पाउनका लागि रेसेपी

शहरी क्षेत्र अझ काठमाडौंमा बस्नेहरुलाई दमको संभावना बढी छ । किनभने यो खाल्डोभित्र धुलो-धूँवाको कुइरीमण्डल छ । यस्तोमा स्वासप्रश्वासको समस्या हुने जोखिम हुन्छ नै ।

त्यसो त अहिले दमको रोगले धेरैलाई सताइरहेको छ । प्रौड उमेरकालाई मात्र होइन, बच्चाहरुलाई समेत यसले सताइरहेको छ ।

दम एक प्रकारको श्वसन तन्त्रको समस्या हो । दम भएमा सास लिन गाह्रो हुन्छ । यस रोगीको श्वासन मार्ग सुन्निने हुनसक्छ । त्यही कारण श्वस नली साँघुरो हुन्छ । यसले गर्दा छातीमा पीडा हुन्छ । सास फुल्न लाग्छ । पटक-पटक घाटी खसखसाउँछ ।

दम रोगको उमेरको कुनै सीमा हुँदैन ।

दम विभिन्न कारणले हुनसक्छ । श्वास सम्बन्धी एलर्जी हुनुमा अहिले सबैभन्दा ठूलो कारण हो, वायु प्रदूषण । धुमपान, धूलो, घर पालुवा जनवार, वायु प्रदूषण, महिलामा हुने हर्मोनल परिवर्तन, तनाव आदि कारणले दम हुनसक्छ । दम मौसमको प्रभाव र आनुवांशिक प्रवृत्तिको कारण पनि हुन्छ । केहि किसिमको उपचार विधीबाट दम नियन्त्रण गर्न सकिन्छ ।

अतः दमबाट छुटकारा पाउनका लागि प्रदूषणमुक्त क्षेत्रमा बस्नु सर्वोत्तम हो । धुमपान त गर्नै हुँदैन । धुवाँ-धुलोमा बस्न भएन । घरपालुवा जनावरको सम्पर्कमा रहँदा पनि दमको समस्या बढ्ने भएकाले यसतर्फ सर्तक हुनुपर्छ ।

त्यस बाहेक केहि खानेकुरा छन्, जसले दामको समस्यामा राहत दिन्छ । अतः यहाँ ति रेसेपी दिइएको छ, जुन हामी घरमै पनि अभ्यास गर्न सक्छौं ।

स्याउ, ज्वानो र सुन्तला मिश्रति जुस

स्याउ, ज्वानो र सुन्तलाको मिश्रति जुस दम रोगीका लागि एकदमै फाइदाजक हुन्छ । यस जुसको सेवनले दमको रोगमा राहत दिन्छ । किनभने स्याउमा फ्लेवोनायड पाइन्छ, जो दमबाट बचाउन सघाउँछ । फोक्सोलाई बलियो बनाउँछ । ज्वानोले घाटी खसखसाउने समस्याबाट छुटकारा दिलाउँछ । सुन्तलामा आइरन ग्रहण गर्ने गुण हुन्छ । साथै यसले चिसोबाट पनि बचाउँछ ।

कसरी बनाउने ?

-पाँच वटा स्याउ

-दुई ठूलो चम्चा ज्वानो

-दुई दाना सुन्ताला

-सबैभन्दा पहिला स्याउ र ज्वानो धुने । सुन्तलाको बोक्रा उप्काउने ।

-स्याउलाई टुक्रा बनाउने । अब स्याउ, सुन्तला र ज्वानो मिसाएर त्यसको जुस बनाउने ।

-यो पेयले दमको समस्यामा निकै प्रभावकारी काम गर्छ ।

स्याउ, कांक्रा र अदुवाको मिश्रति जुस

स्याउ, कांक्रा र अदुवाको मिश्रति जुसले दमको रोगबाट छुटकारा दिलाउँछ । स्याउमा फ्लेवोनाइड पाइन्छ, जो दमको समस्यामा उपयोगी हुन्छ । अदुवाले चिसो तथा फ्लुबाट बचाउँछ । कांक्रामा सुन्निएको कम गर्ने गुण हुन्छ । कागती प्राकृतिक एन्टिबायोटिक हो, जसले श्वासमार्गको फोहोर हटाउन काम गर्छ । स्याउ, कांक्रा र अदुवाको मिश्रति जुस सम्पूर्ण स्वस्थ्यका लागि उपयोगी हुन्छ ।

कसरी बनाउने ?

-तीन वटा स्याउ

-एक कांक्रा

-एक टुक्रा अदुवा

-एक वटा कागती

-स्याउ, कांक्रा र अदुवालाई टुक्रा-टुक्रा बनाउने र त्यसको जुस बनाउने ।

-जुसमा कागतीको रस हाल्ने ।

-यो जुस दम रोगबाट छुटकारा दिलाउन प्रभावकारी हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment