Comments Add Comment

सांसदहरुले भने – प्रदेश ३ को राजधानी काभ्रे वा भक्तपुर

४ फागुन, भक्तपुर । प्रदेश ३ को राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुले जोड दिएका छन् ।

रफत सञ्चार क्लबमा शुक्रबार आयोजित कार्यक्रममा सहभागी सांसदहरुले काम चलाउ सरकारले जनताको चाहना र भूगोलको अवस्था मूल्याङ्कन नगरी हचुवामा अस्तायी राजधानी तोकेको बताएका छन् ।

प्रतिनिधिसभामा काभ्रेबाट निर्वाचित गोकुल बाँस्कोटाले प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्ने बताए ।

उनले सबैको पायक पर्ने ठाउँ काभ्रे भएको दाबी पनि गरे ।

प्रतिनिधिसभामा दोलखाबाट निर्वाचित पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने बताए ।

हेटौंडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै उनले यसले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाइ छ ।

भक्तपुरका प्रदेश सांसद शशीजंग थापाले अघिल्लो सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने बताए पनि केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको बताए ।

उनले प्रदशेसभामा यो विषय उठान हुनासाथ प्रदेशको राजधानी भक्तपुर अथवा काभ्रे हुनेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment