Comments Add Comment

यस्ता बानी मुटुको लागि घातक हुनसक्छ

गलत खानपान, विलासी जीवनशैली, धुमपान, मदिरापान तथा रातो मासुको सेवनले मात्र मुटुलाई असर गर्दैन । संसारमा यस्ता अन्य धेरै कुराहरु छन्, जसले मुटुलाई नजानिदो तरीकाले असर पारिरहेको हुन्छ । जस्तै, हाम्रो दैनिकी ।

कतिपय अवस्थामा हाम्रो बानी तथा नियमित कार्यले मुटुमा गम्भीर असर पुर्‍याइरहेको हुन्छ । तर यस्ता बानीबारे जानकारी नहुदाँ हामी रोगको चपेटामा परिरहेका हुन्छौ । जुन यस प्रकार छन् ।

घण्टौ टिभी हेर्ने बानी

विभिन्न अनुसन्धानमा पाइए अनुसार लामो समयसम्म एकै ठाउँमा बसेर टिभी हेर्ने बानी पनि मुटुका लागि घातक सावित हुन सक्छ । त्यसैले, चिकित्सकहरु हरेक ३० मिनेटमा केही समयका लागि भएपनि यताउता डुल्न सुझाव दिने गर्छन् । एकै ठाँउमा लामो समय बसेर टिभी हेर्नाले मुटुको धमनीमा अवरोध खडा भई मानिसको ज्यान समेत जानसक्छ ।

नुनको अधिक सेवन

नुनको सेवनले शरीरमा पानीको मात्रा बढाउँछ । विशेषगरी, नुनको सेवनले रगतमा पानीको मात्रा बढ्ने गर्छ । जसका कारण रगत पातलो हुने तथा धेरै उतपादन हुने गर्दछ । शरीरमा ज्यादा रगत उत्पादन भएमा मुटुमा दवाव पर्ने गर्दछ । र, दवासका कारण हृदयाघात हुने सम्भावना अधिक रहन्छ ।

मुखको सफाई राम्ररी नहुनु

विशेषज्ञ चिकित्सकहरुका अनुसार मुखको सफाई राम्ररी नहुनुले पनि मुटुको समस्या बढाउने गर्छ । मुखको सफाई नभएमा मुखमा व्याक्टेरिया पैदा हुने गर्दछ । उक्त व्याक्टेरिया मुखबाट घाँटी हुँदै मुटुमा पुुग्ने गर्दछ । त्यसैले त, मुटुलाई स्वस्थ राख्नका लागि पनि दाँत तथा गिजाको साथमा मुखको सफाई गर्न अत्यन्त जरुरी छ ।

निन्द्रा खलबलिनु

निद्रा र मुटुको बीच प्रत्यक्ष सम्बन्ध रहने गर्छ । निर्धक्क साथ सुत्न नसक्ने मानिस तथा तनावका कारण निद्रा खलबलिएमा रक्तचाप स्वतः बढ्ने गर्छ । साथै, निद्रा खलबलिनाले मानिस दिनभर तनावमा रहन्छ । जसका कारण मुटुमा दवाव उत्पन्न भई मुटु समस्या समस्या निम्तने गर्दछ ।

कामको दवाव

मुटुको समस्या बढाउने विभिन्न कारकतत्वहरुमा कामको चाप तथा कामको दवाव पनि एक हो । चिकित्सकहरुका अनुसार लामो समयसम्म तनावमा रहनाले मुटुको गति तिव्र हुनुका साथै रक्तचाप बढ्ने गर्छ । जसका कारण रक्तधमनीमा समस्या उत्पन्न हुने तथा रक्तधमनी विग्रने गर्दछ । त्यसैले, तनाव कम गर्नका लागि लामोे लामो सास लिनुका साथै केही समय आफूलाई मन परेको काममा लगाउन सकिन्छ ।

घुर्नु

लगातारको घुर्ने वानीका कारण पनि निद्रामा असर पर्न सक्छ । घुर्दा घाँटीको मांसपेशीमा दवाव उत्पन्न भई श्वासनलीमा अवरोध पैदा हुन्छ । जसका कारण घाँटीको नशामा समेत अवरोध खडा हुन्छ र शरीरमा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुँदैन । लामो समयसम्म यस्तो समस्या भइरहे उच्च रक्तचाप, हृदयाघात तथा स्ट्रोकको समस्या उत्पन्न हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment