Comments Add Comment

प्याकेज सहमतिपछि मात्र मन्त्री पठाउँछौं : प्रचण्ड

फाइल फोटो

४ फागुन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले प्याकेज सहमति नभएका कारण सरकारमा मन्त्री नपठाएको बताएका छन् ।

उनका अनुसार एमाले नेताहरुसँग सम्वाद सुरु भइसकेको छ र केही दिनमै सहमति हुने विश्वास लिइएको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता, मन्त्रालय बाँडफाँटमा सहमतिको प्रयास भइरहेको बताए ।

एमाले नेताहरुसँग सम्वाद भइरहेको भन्दै उनले भने, ‘हिजो हाम्रो पार्टीबाट मन्त्रिमण्डलमा एक जना पनि सहभागी नभएकाले प्रश्न उठेको त थाहा पाएका छौं । तर, ठूलो समस्या पैदा भएर यस्तो भएको होइन ।’

उनले अघि भने, ‘राष्ट्रपतिदेखि सभामुखसम्म एकै चोटी समझदारी बनाएर दृढताका साथ अगाडि जान ढिला भएको हो । आजभोलिमै सहमति हुने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment