Comments Add Comment

मुग्लिन-नारायणगढ खण्डमा १४ पुलको पुनर्निर्माण गरिने


५ फागुन, काठमाडौं । सरकारले मुग्लिन-नारायणगढ सडक खण्डका थप १४ वटा पुलकोहरुको पनि पुनर्निर्माण गर्ने भएको छ । यो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो ।

अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ । तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको काम पनि अघि बढाउन खोजिएको हो ।
त्यकिा लागि सडक विभागले विश्व बैंकसँग सहयोग मागेको छ । मुग्लिन नारायणगढ सडक खण्डको विस्तारमा अहिले विश्व बैंकले नै सघाएको छ ।

आफ्ना सहयोगमा सञ्चालित सडक आयोजनाको समीक्षा गर्न विश्व बैंको टोली अहिले नेपाल भ्रमणमा छ ।

मुग्लिनबाट नारायणगढसम्मका १४ वटा पुल पनि बनाउन विश्व बैंकलाई प्रस्ताव गरिएको विभागका वैदेशिक सहयोग महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।
‘यसका लागि करिब २ अर्ब लागत अनुमान गरिएको छ,’ श्रेष्ठले भने,’हामीले राखेको प्रस्तावमा विश्व बैंक सकारात्मक छ ।’

अब यो खण्डका १४ वटा पुललाई पूर्ण रुपमा भत्काएर नयाँ बनाइनेछ । अब बन्ने पुल ११ मिटर फराकिलो हुनेछ । फुटपाथसमेत राखेर पुल निर्माण गरिने श्रेष्ठले बताए ।

पुल बनाउन भन्दा निर्माणको अवधिमा डाइभर्सनका लागि ठूलो समस्या हुने विभागको भनाइ छ । त्यसैकारण पुल निर्माणको काम सामान्यभन्दा महंगो पर्ने अवस्था छ ।

नारायणगढको आँपटारीदेखि मुग्लिनसम्म दूरी ३३.२ किलोमिटर छ । विश्व बैंकको २ अर्ब ९० करोड आर्थिक सहयोगमा २०७२ बैशाखबाट यो सडक विस्तारको काम थालिएको हो ।

एसियन हाइवे अन्तर्गतको ‘ए एचटू’ खण्ड अन्तर्गत नारायणगढ-मुग्लिन सडकखण्ड पर्दछ ।

वि.स. २०३६ सालमा नारायणगढलाई गोरखासँग जोड्न चीन सरकारको सहयोगमा यो सडक निर्माण भएको थियो ।

अहिले नारायणगढ आँपटारीदेखि पश्चिम १६ किलोमिटरसम्म ११ मिटर र १६ किलोमिटरदेखि मुग्लिनसम्म नौ मिटर चौडा गर्ने गरी ३ ठेकेदार कम्पनीले काम लिएका छन् ।
अहिलेसम्म यो सडक साढे पाँच मिटर मात्रै चौडा थियो ।

भरतपुरको आँपटारीदेखि झण्डै १३ किलो मिटरसम्मको सडकखण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनीलाई ६० करोड १० लाख ६३ हजार रुपैयाँको लागतमा निर्माण गर्न जिम्मा दिइएको छ । २४ अपि्रल २०१६ मा ठेक्का सम्झौता भएको थियो ।

त्यसपछिको २३.५ किलोमिटर सडक निर्माणको जिम्मा उड हिल तथा लामा निर्माण कम्पनीलाई दिइएको छ । यस खण्डको लागत ९७ करोड ६६ लाख ८१ हजार रुपैयाँ छ । ३१ मार्च २०१६ मा सो खण्डको निर्माण सम्झौता भएको थियो ।

त्यसअघि २३ मार्च २०१६ मा निर्माण सम्झौता भएको सुपि्रम तथा रौताहा निर्माण कम्पनीले नारायणगढदेखि २३.५ किलोमिटरदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको छ ।

यस खण्डको निर्माण लागत सवैभन्दा धेरै १ अर्व ३० करोड ४२ लाख ६८ हजार रुपैयाँ छ । यो सडकखण्ड निर्माणपछि यो दूरी पार गर्न ३६ मिनेट लाग्ने अनुमान छ । सडकखण्डमा बन्ने पुलका कारणले सडकको दूरी ३ सय ५० मिटर छोटिनेछ ।

हालसम्म योआयोजनामा करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । तीनबटै ठेकेदारहरुको म्याद फेबुअ्ररी २० मा सकिँदैछ । अब ३ महिना म्याद थप्ने तयारीमा विभाग छ ।

यसअघि २०७२ माघ १९ मा पहिलोपटक, २०७३ मंसिर १६ दोस्रोपटक र २०७४ असार १९ मा गरी ३ पटक म्याद थपिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment