Comments Add Comment

मनाङको सुखद सुरुवात

५ फागुन, हेटौंडा । सुमन भोम्जन स्मृति गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा मनाङले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई १-० गोलले पराजित गर्‍यो ।

खेलको २९ औँ मिनेटमै मनाङका खेलाडी भिक्टरलाई डी एरियाभित्र फल गरेपछि पाएको पेनाल्टीमा सुजल श्रेष्ठले गोल गरेका हुन् । एपीएफले खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले आफ्ना खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेको बताए ।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडीले मौकाको सदुपयोग गर्न नसक्दा जितबाट बिमुख हुनुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment