Comments Add Comment

कप्तान पारस खड्काको अपिल : क्रिकेट संघको विवाद तत्काल समाधान गरौं

५ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघमा देखिएको विवाद तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

डिभिजन टू को उपविजेता भई शनिबार नेपाल फर्किएपछि त्रिभुवन विमानस्थलमा उनले आईसीसीले दिएको समय दुई महिनाभित्र क्यानको विवाद जसरी पनि समाधान गर्नुपर्ने बताएका हुन् ।

‘यो हाम्रो लागि अन्तिम मौका हो, हामीसँग दुई महिनामात्र समय छ, यसबीचमा विवाद समाधान गरेर नेपाली क्रिकेटलाई अगाडि बढाउनुपर्छ’ उनले भने ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता भई फर्किएको नेपाली क्रिकेट टोलीलाई समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment